हेटौंडामा २९ वर्ष पानीको अभाव नहुने अध्ययन टोलीको निष्कर्ष

१८ वैशाख, हेटौंडा । हेटौंडामा अबको २९ वर्षसम्म पानीको अभाव नहुने एक अध्ययनले देखाएको छ । हेटौंडामै रहेर ६ महिना लामो अध्ययन गरेको विज्ञ टोलीले अबको २९ वर्षसम्म पानीको स्रोत र सन्तुलनका कारण हेटौंडामा पानीको अभाव नहुने निष्कर्ष निकालेको हो । पानीको अभाव नहुने भएकाले हेटौंडामा औद्योगिक क्षेत्र स्थापना र शहरी विकास निर्माणको कार्य गर्न […]

सम्बन्धित सामग्री

स्वच्छ पानीको अभाव

‘पानी जीवन हो, यसलाई खेर नफालौँ’ भन्ने अभिव्यक्ति जनचेतना अभिवृद्धिका निम्ति सञ्चार माध्यममा लामो समयदेखि प्रसारण हुँदै आएको छ । जीवनका लागि नभई नहुने पानीमा विश्वमै सम्पन्न मुलुक भएर पनि व्यवस्थापन गर्न नसक्दा गाउँदेखि सहरबजारसम्मै गुणस्तरीय खानेपानीको अभाव छ । मुलुकको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइलाई मौलिक हकमा स्थापित त गरेको छ तर अहिलेसम्मको अवस्थालाई हेर्दा स्वच्छता त परको कुरा भयो, पानी मात्रै पाए पनि उपभोक्ता हर्षित हुने अवस्थामा छन् । खानेपानी तथा सरसफाइ ऐन, २०७९ ले स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको

हुप्सेकोटका महिला पिँडालु खेतीमा आत्मनिर्भर

पूर्वी नवलपरासीको हुप्सेकोट–१ का महिला अर्ग्यानिक खेतीसँगै पिँडालु खेतीमा आत्मनिर्भर बनेका छन् । जुकेपानीमा पानीको अभाव भएका कारण धान, गहुँ, तोरीलगायत बाली नहुने भएपछि महिला पिँडालु खेतीमा लागेका हुन् ।

विश्वमा प्रत्येक पाँचमध्ये एक बच्चा पानीको अभाव सामना गरिरहेका छन् : युनिसेफ

एजेन्सी । विश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष (यूनिसेफ) ले बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । विश्वव्यापी प्रत्येक पाँच बालबालिकामध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ । युनिसेफको पछिल्लो रिपोर्ट अनुसार विश्वका ८० भन्दा बढी देशका केटाकेटीहरूले उच्च वा अत्यधिक उच्च पानीको अभावको सामना गरिरहेका पाइएको छ । पूर्वी र दक्षिणी अफ्रिकामा त्यस्ता क्षेत्रहरूमा बस्ने बच्चाहर