विश्वभरी क्रिसमस मनाउने अचम्मका तरिका : कहीँ रमाइलो त कहीँ डरलाग्दा

क्रिसमस २५ डिसेम्बरमा विश्वभरिका क्रिश्चियन धर्मावलम्बीहरुले मनाउने गर्छन् । धार्मिक सहिष्णुता कायम भएकाले अन्य धर्मावलम्बीहरुले पनि यो दिनलाई पर्वको रुपमा मनाउने गर्छन् । विश्वभरी यो दिन हर्षोल्लासका साथ मनाइन्छ । तर यो मनाउने परम्परा विश्वमा फरक– फरक खालको छ । यस मध्ये केही साह्रै नै रमाइला खालका छन् भने केही तरिका डराउने खालका पनि छन् । आउनुहोस् विश्वका केही मुलुकमा यो कसरी मनाइन्छ भन्ने बारे जानकारी लिऔं ।अस्ट्रियाःअस्ट्रियामा सेन्ट निकोलसको एउटा दुुष्ट दुुश्मन छन्, जसको नाम हो क्र्याम

सम्बन्धित सामग्री

कथावाचन : बालबालिका बदल्न सक्ने सशक्त तरिका

पात्रहरूको सुख-दुःखको कथाले बालबालिकाको भावनात्मक बुद्धिमत्ता बढ्छ । यसले आफ्नोसँगै अरूको भावना बुझ्न सक्ने क्षमताको विकास हुन्छ ।

बगैँचाको हेरचाह गर्ने ६ तरिका

धेरै जात र रङका फूलले बगैँचाको सुन्दरता बढाउनुका साथै रमाइलो वातावरण सिर्जना गर्छ । सुन्दर बगैँचा इज्जतको प्रतीक पनि मानिन्छ । नेपालमा हिजोआज बगैँचाका सौखिन पनि बढी छन् । मौसमी तथा सदावहार बोटबिरुवाले...

प्रविधिसँगै बदलियो फोटो कल्चर, देखिन छाडे ‘फोटो स्टुडियो’

टीकापुर । समयअनुसार मानिसका रहर र बानी परिवर्तन हुन्छन् । समयले रहरलाई पूरा गर्ने तरिका पनि बदलिदिन्छ । विगतमा मानिस ‘स्टुडियो’मा गएर फोटो खिच्न निकै रुचाउँथे । यसका लागि गाउँघरदेखि टाढा सहरमा रहेका स्टुडियोमा जाने, खिचेका फोटा ठूला बनाएर भित्तामा तथा एल्बमा सजाउने गर्थे । आजभोलि प्रविधिको विकाससँगै फोटोप्रतिको मोह पनि बदलिएको छ । टीकापुरकी सिर्जना पण्डित चाडपर्व तथा घरमा केही उत्सव हुँदा सम्झनाका लागि स्टुडियोमा गएर फोटो खिचाउँथिन तर अचेल समयले उनलाई बदलेको छ । उनले फोटो स्टुडियो नदेखेको एक दशक पुग्यो । “मोबाइल तथा घरमै क्यामरा भित्रिएपछि फोटो खिच्न स्टुडियो जानु परेन”, उनि भन्छिन्, “आजभोलि फोटो प्रिन्ट गरेर राख्ने चलन पनि हरायो । पुराना फोटो छन् कहिलेकाहीँ हेरिन्छ, रमाइलो लाग्छ ।” अर्की महिला टीका चन्दको अनुभव पनि यस्तै छ । पहिला स्टुडियोमा फोटो खिच्न जाँदा रकमको जोहो गर्ने, पहिल्यै पूर्वतयारी गर्ने गरेकी टीका पनि आजभोलि स्टुडियो जादिनन् । “पहिलाको फोटोको महत्व छुट्टै हुन्थ्यो । साथीहरुसँग सल्लाह गरेर नयाँ लुगा किनेका बेला, विद्यालयका कार्यक्रममा, कतै पिकनिक जाँदा खिचिन्थ्यो”, उनले भनिन्, “त्यो बेलाका फोटोको महत्व छुट्टै थियो । अहिलेका फोटोको महत्व छैन । सामाजिक सञ्जालमा राख्नका लागि मात्र खिचिन्छ । टीकाले समय समयमा पूराना फोटोका एल्बम छन् हेर्छिन्, यसरी हेर्दा रमाइलो लाग्ने उनको भनाइ छ । कैलालीकै नीता खड्का भण्डारी पनि विगतमा खुबै रहर गरेर स्टुडियोमा फोटो खिच्न जाने गर्थिन् । आजभोलि उनि पासपोर्ट साइजका फोटाका लागि मात्र स्टुडियो जाने गरेकी छन् । “त्यो बेला फोटो खिच्न जाने भनेपछि धेरै रमाइलो लाग्थ्यो”, उनले भनिन्, “स्टुडियोमा पालो कुरेर, लाइनमा बसेर फोटो खिचेको अझै याद छ ।” नीताले विवाहका फोटो, बच्चाहरु साना हुँदाका फोटो पनि सजाएर राखेकी छन् । उनिसँग चार एल्बम अझै छन् । “साथीहरुको समूहमा खिचेका एक फोटोबाट दर्जनौँ फोटा बनाउने गरिन्थ्यो”, उनि भन्छिन्, “सबैले एउटै खालका फोटा राख्ने गरिन्थ्यो ।” आजभोलि मानिसले विगतभन्दा फोटो चाहिँ धेरै खिच्छन्, प्रायः दैनिकजसो खिच्छन् । आफ्नै मोबाइलमा फोटो खिच्छन् । खिचेका फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् । यसमा आएका प्रतिक्रिया हेरेर रमाउँछन् । कैलालीकी मीना कुँवरले पनि स्टुडियो नदेखेको धेरै वर्ष भयो । “पहिला वर्षमा पाँच/छ पटक स्टुडियो गइन्थ्यो”, उनले भनिन्, “अहिले मोबाइलले फोटो खिचे पनि प्रिन्ट गरेर राख्ने चलन हरायो ।” दुई दशकदेखि टीकापुरस्थित मनकामना फोटो स्टुडियो सञ्चालन गरेका पदम विष्टको अनुभव पनि यस्तै छ । विगतमा स्टुडियोमा मानिसलाई पालो कुराएर फोटो खिच्ने पदमकहाँ आजभोलि फोटो खिच्न निकै कम आउँछन् । आउने पनि ‘पासपोर्ट साइज’को फोटोमात्रै खिच्न आउँछन् । फोटो खिचेरै विगतमा स्टुडियो चलाएका पदमले आजभोलि स्टुडियोमा अन्य सेवा दिन थालेका छन् । “मैले पनि स्टुडियो खासै नचलेपछि आजभोलि प्रमाणपत्र, मायाको चिनो, फोटो फ्रेम, ब्यानर प्रिन्ट, फोटोकपीजस्ता सेवा दिन थालेको छु”, उनले भने, “शुरू शुरूमा व्यवसाय शुरू गर्दा चाडपर्वका बेला स्टुडियोमा भीड हुन्थ्यो । विभिन्न संस्कृति झल्कने पोसाकमा फोटो खिचाउने आउँथे ।” स्टुडियो सञ्चालकले थारु समुदाय, मगर समुदाय र नेपाली पोसाकका कपडा र गहना स्टुडियोमै राखेका हुन्थे । यी कपडा र गहना लगाएर फोटो खिचाउने पनि उत्तिकै हुन्थे । एउटा फोटो खिच्न पनि तयारी गरेर, कुरेर खिच्नुपर्‍थ्यो । “बिग्रिएमा रिल खेर जान्थ्यो, त्यसैले मानिस तयारी गरेर खिच्थे”, उनि भन्छन्, “हामीलाई पनि व्यापार राम्रो भएपछि रमाइलै लाग्थ्यो । आजभोलि स्टुडियोमा फोटो खिच्ने मानिस आएपछि दङ्ग पर्छौं ।”  शिक्षक तारा साउँद सामाजिक सञ्जालको प्रयोगले फोटो खिच्ने र सार्वजनिक गर्ने तरिका बदलिएको बताउँछिन् । “हरेक कार्यका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, विगतमा खिचिने फोटो वर्षौंसम्म स्मृतिमा रहेका छन्”, उनि भन्छिन्, “आजभोलि सामाजिक सञ्जालमा सुरक्षित हुन्छन् । समय र प्रविधिले मानिसलाई बदलेको छ ।” शिक्षक साउँद सामाजिक सञ्जालमा व्यक्तिगत फोटो, पारिवारिक फोटो सार्वजनिक गर्नुका जोखिम पनि त्यतिकै रहेको बताउँछिन् । “मानिसका लुगा कपडा, गरगहना र परिवारको विवरण सामाजिक सञ्जालमा राख्नु त्यति राम्रो होइन”,  उनले भनिन्, “एकातिर आफैले फोटो खिच्दा समय र खर्च बचत हुन्छ, अर्कोतर्फ सामाजिक सञ्जालमा राख्दा यसले कहिलेकाहीँ जोखिम पनि हुनसक्छ ।” रासस

रङको एलर्जीबाट बच्ने तरिका

आज होलीको दिन तपाईंहरू पनि होली खेल्ने तयारीमा लाग्दै हुनुहुन्छ होला। होलीको दिन एक आपसमा रङ लगाएर रमाइलो गर्दै खेल्ने गरिन्छ। हर्ष र उल्लासको पर्वका रूपमा पनि होली मनाइन्छ। तर होली खेल्दा सावधानी नअपनाए स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । रङ लगाउनु भन्दा अगाडि कपालमा तेल लगाउने, मुखमा क्रिम लगाउने, नङमा नेलपोलिस लगाउने गर्नुपर्छ। प्रमुख त […]

मान्छे जस्तै चिम्पान्जी

सङ्गीतको मोह सबैलाई हुन्छ। यो मोहबाट कोही पनि मुक्त हुन सक्दैन। रमाइलो गर्ने पनि आफ्नो तरिका हुन्छ। यसले मानिसलाई मात्र होइन, जनावरलाई पनि प्रेरित गरेको हुन्छ। अहिले विज्ञानले नयाँ तथ्य फेला पारेको छ। यो तथ्य अनुसार चिम्पान्जीले पनि ड्रम जसरी बजाउने काम गर्छ। युगान्डाको जङ्गलमा वैज्ञानिकले पत्ता लगाए अनुसार चिम्पान्जीले रुखमा हिर्काएर लय मिलाएर आवाज […]

पाँच गजबको तरिका, जिन्दगीलाई कसरी सहज बनाउने ?

हाम्रो जीवन धपेडीमा वित्छ । बिहान उठ्नसाथ हामीलाई कुनै न कुनै कामले छोप्छ । दिनभर दौडधूप गर्छौं । भेटघाट, कामकुरो, कामधन्दा आदिको यसरी चक्कर लगाउँछौं कि, हाम्रो शरीर कुनै यन्त्र हो । अर्थात हाम्रो दैनिकी यन्त्रवत् हुन्छ । आरमले खाने, मस्त सुत्ने, आनन्दपूर्वक पढ्ने, धीत मरुञ्जेल रमाइलो गर्ने फुर्सद मिलाउनै सकिदैन । हामीलाई काम–व्यवहारले सधै […]

‘खै त तिम्रो बुट्टे सारी’

काठमाडौँ । गायक प्रदिप लामाले आफ्नो बिल्कुलै नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोक सेलोमा आधारित यस गीतमा हस्त लामा (हार्दिक) को शब्द, संगीत रहेको छ । युवा प्रेम र आकर्षणलाई रमाइलो तरिका बाट व्यक्त गरिएको यस गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित […] The post ‘खै त तिम्रो बुट्टे सारी’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विश्वकप फुटबलको फाइनल कसरी हेर्ने तयारी गर्नुभएको छ ?

मलाई यसभन्दा पहिलेका विश्वकपमा त्यति साह्रो चासो थिएन । यसपटकको विश्वकपलाई अघिल्ला विश्वकपको तुलनामा अलि बढी चासो दिएको छु । विदेशी खेलाडीहरूको बल खेल्ने तरिका मलाई निकै रोचक लाग्यो । फाइनलचाहिँ साथीभाइसँग रमाइलो गर्दै समूहगत रूपमा हेर्ने योजनामा छु ।

फुर्सदमा पढौं

यो पुस्तक बाल कथाहरूको सँगालो हो । यस संग्रहमा टोली नेता, रितेशको अठोट, सुबोधको बानी, रमाइलो दिन, मेनुकाको गल्ती, नयाँ तरिका र मिहिनेती तारा शीर्षकका ७ कथाहरू छन् । यसमध्ये सुबोधको बानी शीर्षकको कथा यसअघि नै कान्तिपुरको कोपिलामा प्रकाशित भइसकेको हो ।