बगैँचाको हेरचाह गर्ने ६ तरिका

धेरै जात र रङका फूलले बगैँचाको सुन्दरता बढाउनुका साथै रमाइलो वातावरण सिर्जना गर्छ । सुन्दर बगैँचा इज्जतको प्रतीक पनि मानिन्छ । नेपालमा हिजोआज बगैँचाका सौखिन पनि बढी छन् । मौसमी तथा सदावहार बोटबिरुवाले...

सम्बन्धित सामग्री

सेनाको जागिर छाडेर मौरीपालनमा मोह, 'महको बजारका लागि छैन समस्या'

पाल्पा । पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका- ६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन् । घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैंचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छन् । उनको घरमा हाल मौरीगोलासहित ४० ओटा घार छन् । आफ्नै करीब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन् । आजभन्दा साढे दुई दशक अघिदेखि शुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढाइरहेका छन् । ‘मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु’, उनले भने । गोलासहितको मौरीघार ९ हजार रुपैयाँ, खालीघार ५ हजार रुपैयाँमा विक्री भइरहेको छ । यहाँ उत्पादन भएको मह प्रतिकिलो १ हजार १०० रुपैयाँमा विक्री हुने गरेको छ । एक वर्षमा करीब १०० ओटा मौरीघार विक्री भइरहेको छ । एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ । वार्षिक करीब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपाने बताउँछन् । एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको भनाइ छ । आफूले सक्दासम्म व्यवसायलाई निरन्तर चलाउने उनको अठोट छ । मौरीघार (खालीघार), गोलासहित र मह विक्री गरेर उनले एक वर्षमा ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनी भन्छन्, ‘लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झै आहार व्यवस्थान गर्न नपर्ने भएपछि मौरीपालनबाट धेरै फाइदा लिन सकिन्छ, स्वास्थ्यका लागि पनि हितकारी हुने भएपछि यो व्यवसाय आनन्दको छ ।’ उनले विसं २०५५ देखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । उनले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रुपमा शुरु गरे । स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट विक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्न नपर्ने भएकाले यसबाट कृषकले व्यावसायिक रुपमा मौरीपालनबाट धेरै लाभ लिन सक्ने उनका छोरा हुमनाथ न्यौपाने बताउँछन् । ‘महका लागि अहिले विभिन्न ठाउँबाट माग आइरहेको छ, मह औषधिको रुपमा, पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ, स्थानीयस्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ’, उनले भने । उनका अनुसार मङ्सिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ । स्थानीय उत्पादन भएकाले यहाँ उत्पादित मह अष्ट्रेलिया, जापानमा कोसेलीको रुपमा पुगेको छ । रामपुर ६ कै ज्येष्ठ नागरिक टिकाराम पाठक पनि मौरीपालनमै रमाइरहेका  छन् । मौरी उनका लागि बुढेसकालको साहारा जस्तै बनेको छ । उनका घरमा हाल १६ आधुनिक मौरीका घार छन् । उनले २०६६ देखि नियमित रुपमा मौरीपालन व्यावसाय गरिरहेका छन् । पाठकले घार बढाउँदै गएका छन् । ‘मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजन लगायतका प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यवसायीकरणमा समस्या हुन्छ’, उनले भने । कृषि ज्ञान केन्द्र पाल्पाले मौरीपालनलाई व्यवसायीकरण गर्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको कार्यालयका प्रमुख कामना अधिकारी बताउँछिन् । मौरी प्रवर्द्धनलाई विगतका वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यसवर्ष कृषकको क्षमता वृद्धिको लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताइन् । उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ । ‘स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ’, उनले भनिन्, ‘व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताको आधारमा सहयोग गरिरहेको छ । ‘रासस

शिशुको कान चिलाएमा आमाबुवाले के गल्ती गर्छन् ?

काठमाडौं । शिशुको कान चिलाएमा हामी अक्सर दुई तरिका अपनाउँछौं, इयर वर्डले कोट्याउने र कानमा तेल हाल्ने । यी दुवै तरिका गलत हो । जबकि शिशुमा कान चिलाउने समस्या अधिक हुन्छ । कतिको त कानमा संक्रमण नै हुन्छ । खासमा उनीहरुको कान किन चिलाउँछ ? कान चिलाएमा के गर्ने ?उनीहरुको कानको हेरचाह कसरी गर्ने ? […]

कपाल फुल्नबाट जोगिन आजै दिनचर्यामा यी ५ परिवर्तन गर्नुहोस्

कपालले हाम्रो सौन्दर्यलाई दोब्बर बनाउँछ । तर कपालको हेरचाह नगर्ने हो भने समय नपुग्दै कपाल सेतो हुन सक्छ । सेतो कपालले समयभन्दा पहिले नै बूढो देखिन्छ । कपालमा केमिकलको अत्यधिक प्रयोग, कपालमा पोषणको कमी आदि जस्ता धेरै यस्ता कारण छन् जसले कपाल सेतो हुने गर्दछ । जीवनशैलीमा केही आवश्यक परिवर्तनहरू गरेर, तपाईंले आफ्नो छाला र कपालमा परिवर्तन देख्नुहुनेछ । यदि तपार्इं समय भन्दा पहिले नै कपाल फुल्नबाट जोगिन चाहनुहुन्छ भने, यी तरिका अपनाउन सक्नुहुन्छ ।१. धुम्रपान छोड्नुहोस्धुम्रपानले कपाल छिट्टै नै फुल्ने

गर्मीमा छालाको हेरचाह गर्ने तरिका

मानिसहरू आफ्नो सौन्दर्यता जोगाउनका लागि अनेकौं खर्च गर्ने गर्छन् । शारीरिक व्यायाम, खानपिनमा ध्यान दिनेदेखि लिएर अनेकौं प्रकारका औषधि तथा क्रिमहरूको पनि प्रयोग गर्ने गर्छन् । त्यसैले बजारमा मौसम र छालाको स्तरअनुसार लगाउने क्रिमहरू अलग–अलग रूपमा पाइन्छ । त्यस्ता सामग्रीहरूको बजारमा माग हुनु व्यावसायिक तथा आर्थिक हिसाबले राम्रो पनि हो । यसले रोजगारी तथा देशको […]

कम्प्युटरको जकं फाइल कसरी क्लिन गर्ने ? यस्तो छ तरिका

डिजिटल डिभाइसको पनि राम्ररी हेरचाह गर्नु एकदमै महत्वपूर्ण हुने गर्दछ । हेरचाह गर्ने क्रममा जकं फाइल सफा गर्नु पनि एकदमै महत्वपूर्ण हुने गर्दछ । आज हामी कमाण्ड प्रम्प्टको प्रयोग  गरेर विन्डोज प्रयोग भएको कम्प्युटरमा जकं फाइल कसरी क्लिन गर्ने भन्ने बारे जानकारी दिदैछौं ।  १. सर्वप्रथम स्क्रीनको तल्लो बायाँ भागमा रहेको स्टार्टमा क्लिक गर्नुपर्छ र सर्चबारमा सिएमडी...

घरको प्लास्टर सुर्खी : हुन सक्छ उपयुक्त विकल्प

काठमाडौं । घर बनाइसकेपछि सिमेन्ट अर्थात् कंक्रिटबाट प्लास्टर गर्ने सोचमा हुनुहुन्छ वा यसको विकल्प खोज्नुभएको छ ?  त्यसो हो भने सुर्खी तपार्इंका लागि उपयुक्त विकल्प तथा रोजाइ हुन सक्छ । नेपालका पुराना नेवारी शैलीका घरमा कहीँ–कतै सुर्खीको प्रयोग भएको देख्न सकिन्छ । तर, आधुनिक सहरको विस्तार हुँदै जाँदा सिमेन्ट, बालुवा अर्थात् कंक्रिटका घरको हिस्सा बढी छ । यसको बढ्दो प्रयोगले सहरको सौन्दर्य कायम राख्नुभन्दा पनि उराठलाग्दो बनाउन थालेको छ । सबैतिर यसको प्रयोग हुँदा आफ्नो घरलाई नयाँ शैली अझ  युरोपतिरका जस्ता रंग, कंक्रिटबिनाका घर बनाउन चाहनुहुन्छ भने सुर्खी उपयुक्त विकल्प हुन सक्छ । यसमा कम खर्च, आकर्षक शैली, लिभिङ रूपमा समेत लगाउन सकिने, जुनसुकै स्थानमा पनि प्रयोग गर्न सकिने,  टिकाउ र जति पुरानो भयो उति नै राम्रो एवं बलियो हुने भएकाले यो उत्कृष्ट रोजाइ बन्न सक्छ । घर बनाइसकेपछि घरको प्लास्टर, पुटिङ, प्राइमर तथा सुहाउँदो रंग लगाउनेजस्ता विषयले पनि घरधनीलाई सताउँछ । खासगरी सहरमा घर थपिँदै जाँदा कंक्रिटको सहर उपमा पाएको हुन्छ । सबैतिर प्लास्टरका घर बनेका हुँदा अन्य घरभन्दा फरक कसरी बनाउने सोचमा हुनुहुन्छ भने तपाईंको विकल्प चिनियाँ सुर्खी पर्न सक्छ । नयाँ घरमा रंगरोगन लगाउँदा लाग्ने खर्चमा झन्डै ५० प्रतिशत बचत हुन सक्छ । कम खर्च तर टिकाउ र बलियो हुने सुर्खीको प्रयोग गरेर घरलाई नयाँ डिजाइन तथा अरूभन्दा फरक बनाउन सकिन्छ । चिनियाँ सुर्खीको उत्पादन, यसको प्रयोग गराउन जनशक्ति तयार गर्दै आएका र ७ वर्षदेखि सुर्खी  लगाउँदै आएका कान्तिपुर सुर्खी सर्भिसका सञ्चालक रवि योञ्जन सुर्खी लगाउँदा कम खर्च  र बलियो हुने बताउँछन् । घर बनाउँदा बाहिरका भित्तामा  प्लास्टर गरिन्छ । प्लास्टर गर्दा बालुवा, सिमेन्ट, जनशक्तिमा ज्याला खर्च बढी हुन्छ । घर बनिसकेपछि प्लास्टर गर्ने र त्यसमा पुटिङ गर्नुपर्छ भने प्राइमर लगाउने, डबल कोट रंग लगाउनुपर्ने हुँदा नेपालको पैसा विदेशिने हुन्छ । तर, अहिले सुर्खीको उत्पादन नेपाली सामग्रीबाटै बनाइने गरेको र जनशक्ति पनि नेपाली नै रहेको योञ्जन सुनाउँछन् । २०/२२ वर्ष विदेशमा काम गरेका योञ्जन अहिले नेपालका खासगरी उपत्यकामा चिनियाँ सुर्खी प्रयोग भएका घर, होटल, रेस्टुराँमा यसको प्रयोग बढेको बताउँछन् । विदेश बस्दा चिनियाँबाट सिकेको हुँदा र नेपाल र अन्य देशमा प्रयोग हुने सुर्खीमा फरक रहेकाले यसलाई चाइनिज सुर्खी भनिएको उनको भनाइ छ । नेपालमा इँटाको धुलो, ह्वाइट सिमेन्ट मात्र राखिने र औंलाको सहायताले लगाइने हुँदा यो धेरैसम्म टिकाउ नहुने देखिन्थ्यो । यसलाई बदल्न र बलियो बनाउन चुना थपेर चाइनिज सुर्खी भनिएको छ । ‘नेपालमा सुर्खीको प्रयोग नभएको होइन तर पुरानै परम्परागत शैलीमा प्रयोगमा आएको छ,’ उनी भन्छन्, ‘यसलाई आधुनिक तरिकाबाट गरिएन । सुक्खा मिश्रणलाई औंलाको सहायताले टाल्ने गरिन्थ्यो । अहिले यो मिश्रणलाई भिजाएर सावधानीपूर्वक प्रयोग गरिन्छ ।’ सुर्खी प्रयोग गरेपछि प्लास्टर, रंग, पुटिङ, प्राइमरजस्ता सामग्री प्रयोग गर्नुपर्दैन । यसले गर्दा यी रंगरोगनका सामग्री किन्ने रकमको आधाजति बचत हुने उनी बताउँछन् । सुर्खी के हो ? सुर्खी इँटाको धुलो, वाइट सिमेन्ट र चुनाबाट बनेको एक प्रकारको मिश्रण हो । नयाँ घर प्लास्टर भइनसकेका र इँटा ७ देखि ८ एमएमको ग्याप राखेर त्यसमा सुर्खीको मिश्रण प्रयोग गरिन्छ । चाइनिज सुर्खीको मिश्रणलाई नवनिर्मित अर्थात् सिमेन्टले प्लास्टर गर्न नचाहने घरका ती इँटाको ग्यापमा राखिन्छ । यसले घरलाई बलियो बनाउनुका साथै आकर्षक डिजाइन, सिमेन्टको प्लास्टर गर्नबाट छुटकारा दिन्छ । चाइनिज सुर्खी घर बाहिर तथा बैठक कोठामा प्रयोग गर्न उपयुक्त मानिन्छ । यद्यपीिघरधनीको इच्छाअनुसार घरको जुनसुकै स्थानमा यसलाई प्रयोग गर्न सकिन्छ । कति हुन्छ खर्च र हेरचाह कसरी गर्ने ? इटाँको धुलो, वाइट सिमेन्ट र चुनाको मिश्रणलाई राम्रोसँग मिलाउन सके टिकाउ हुने बताउँदै  योञ्जन भन्छन्, ‘घर नभत्किँदासम्म यसमा कुनै क्षति हुँदैन । तर, यसको मात्रा मिलाउने विशेष खाले तरिका र तालिम प्राप्त जनशक्ति प्रयोगमा उचित ध्यान भने दिनुपर्छ ।’ सुर्खीको प्रयोग अहिले बढ्दो छ । सामान्य घरमा यसको प्रयोग गर्दा  ८० देखि ९० हजार खर्च हुने उनी सुनाउँछन् । इँटाको सेप नै स्पष्ट देखिने गरी सुर्खीको प्रयोग गरिन्छ । यसलाई घामपानीले पनि केही असर गर्दैन । जति पुरानो भयो उति बलियो र राम्रो हुँदै जान्छ । यसलाई अझ बलियो र हेरचाह पुगोस् भन्न सुर्खी लगाएको ५/६ महिनापछि सिल्कोन नामक केमिकल लगाए झनै लाभकारी हुन्छ ।

नङको हेरचाह गर्ने तरिका

नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो ।

हात नरम बनाउने तरिका

हामीले कुनै पनि काम गर्न सबैभन्दा पहिले हात नै प्रयोग गर्छौं तर कति मानिसले आफ्नो हातको हेरचाह राम्रोसँग गर्दैनन् । मान्छेको हात बिग्रने कारणमा बढी केमिकलको प्रयोग, सूर्यको प्रकाश, पानी र साबुनको बढी प्रयोग लगायत रहेको छ ।