नेपाली काँग्रेस १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । विभिन्न पदका आकाङ्क्षीहरू दलबलसहित उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभा गृह पुग्ने क्रम जारी रहेको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने काँग्रेसले जनाएको छ । काँग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको काँग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ