दश वर्षमा पनि बनेन पुल : आउजाउ गर्न डुंगाकै भर

दश वर्षमा पनि बनेन पुल : आउजाउ गर्न डुंगाकै भर अर्थ

सम्बन्धित सामग्री

निर्माण सुरु भएको सात वर्षसम्म बनेन पुल

गुल्मी–  मुसिकोट नगरपालिकाको बडिगाड खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलमा पुल बन्न सकेको छैन । पुल बन्ने आशैआशामा स्थानीयले सात वर्ष बिताइसके ।  विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्ट्रक्सन प्रालिले रु पाँच करोड १७ लाखको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो ।  […]

छ वर्षमा पनि बनेन पुल

रुकुमपश्चिमं, माघ १७ । जिल्लाको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल छ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार तीन वर्षमै निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको सानीभेरी नदीको पुनको निर्माण कार्य भइरहेको छ। सडक डिभिजन कार्यालयका इन्जिनियर प्रज्वल सुनारका अनुसार फाउन्डेसनको डिजाइन परिवर्तन गरिएपछि पछिल्लो […]

आएनन् ठेकेदार, बनेन पुल

गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयास्थित बालुवाटार जोड्ने कटैनी खोला र चौमाला पुरानो बजार जोड्ने नदीमा निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो।...

नगरप्रमुखको कम्पनीलाई ठेक्का : सात वर्षमा पनि बनेन पुल

सुर्खेत : जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेको छ। नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुल अलपत्र  पर्दा यहाँका सर्वसाधारणलाई समस्या भएको छ। जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले ठेक्का लिएको पुल बिचमै अलपत्र परेको हो। प्रमुख खड्काको खड्का कृष्ण कन्सट्रक्सन प्रालिले २०७२ सालमा दुई वर्षमै सक्नेगरी पहुँच

सडक आयो, बनेन पुल

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको झन्डै आधा शताब्दी बितेको छ । तर पनि अझै उनीहरूको माग पूरा हुन सकेको छैन । वर्षौंदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।      पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला वारपार गर्न बाध्य भएका छन् । गाउँ नजिकैको सिसाठाँटीमा पुल बनाइदिन आग्रह गर्दै तत्कालीन अञ्चलाधीशको कार्यालय बागलुङ गएको फलेबास–३ सिमखेतका ५६ वर्षीय शालिग्राम अधिकारीलाई अझै सम्झना छ । ‘उतिबेला अहिलेको जस्तो गाडीको सुविधा थिएन,’ उनले भने, ‘बाटो खर्च बोकेर बुबा दुई दिन लगाएर बागलुङ पुगी अञ्चलाधीशको कार्यालयमा पुल बनाइदिन बिन्ती गरेर आउनुभएको थियो, तर अहिलेसम्म पुल बनेन।’ २०३६ मा बनेको ज्ञादी सिँचाइ आयोजनाको नहर उद्घाटन गर्न आउँदा तत्कालीन राजा वीरेन्द्रले लट्ठा बोक्न सके पुलका लागि बजेट पठाउने आश्वासन दिएका थिए । ‘लट्ठा बोक्न भने बुटवल पुग्नुपर्ने अवस्था थियो । त्यो आँट कसैले नगरेपछि राजाले आश्वासन दिए पनि पुल बन्न सकेन,’ स्थानीय अगुवा महेन्द्रबहादुर कार्कीले भने । कुश्मा–१० को पीपलटारी र फलेबास–३ को शंकरपोखरीलाई जोड्ने मल्याङ्दी खोलामा पुल नहुँदा स्थानीयवासी काठको साँघु बनाएर वारपार गरिरहेका छन् । अञ्चलाधीशको कार्यालय हुँदै तत्कालीन जिविस, विभाग, मन्त्रालयलगायत सबैजसो सरकारी निकायमा पुल बनाइदिन माग गर्दै स्थानीय डेलिगेसन गइसकेका छन् । तर अहिलेसम्म कतैबाट पनि पुल निर्माणका लागि पहल भएको छैन ।      मल्याङ्दी खोला वर्षातका पाँच महिना तर्नै नसकिने गरी उर्लिन्छ । त्यही समय धान, कोदो रोप्न र घाँस दाउरा गर्नुपर्ने भएकोले खोला वारपार नगरी स्थानीयवासीलाई सुखै छैन । रासस

सडक आयो, बनेन पुल

पर्वत-पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको झण्डै आधा शताब्दी बितेको छ । तर पनि अझै उनीहरुको माग पूरा हुनसकेको छैन । वर्षौदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी खोला वारपार गर्न बाध्य […]

म्याद सकियो, बनेन पुल

जाजरकोट । जाजरकोट–डोल्पा सडकको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ । दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन् । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रूपगाडमा तोकिएको समयमा बेलीब्रिज पुल निर्माण नभएका हुन् । पुलको जगमा सामान्य पिलर मात्र उठाइएको छ, जबकि हालसम्म पुल निर्माण भइसक्नुपर्ने थियो ।      जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भए पनि डोल्पामा पुल निर्माण ढिलाइ भइरहेको छ । जाजरकोटको चौखामा मात्र पुल निर्माणमा ढिला भएको छ भने अन्य ठाउँमा निर्माण भइसकेका छन् । जाजरकोट र रुकुमपश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यो आर्थिक वर्षमा मात्र बोलपत्र आवह्वान गरिएको छ । यो लगायत खदाङ, त्रिपुराकोटमा भेरी नदीमा निर्माण हुने पुल हुन् । भेरी कोरिडोरअन्तर्गत डोल्पामा पुल निर्माण नहुँदा अधिकांश सर्वसाधारण हवाईमार्गबाट यात्रा गर्न बाध्य छन् ।       भेरी कोरिडोरमा निर्माण हुन बाँकी रहेका चार पुल असारसम्ममा निर्माण सम्पन्न हुने सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए । हाल सुर्खेतलगायत ठाउँमा पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी कार्य शुरू भइरहेकाले अबको तीन महिनाभित्र जडान समेत सकिने उनको भनाइ छ । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा असारसम्ममा सहजरूपमा यात्रा गर्न सकिने उनले दाबी गरे । भेरी कोरिडोरअन्तर्गत जाजरकोटबाट डोल्पासम्म ११८ किलोमिटर सडक पर्छ । नेपाली सेनाले निर्माण गरेको उक्त सडक तीन वर्षअघि मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो । सडक हस्तान्तरणसँगै सडक डिभिजनले सडकको स्तरोन्नतिदेखि पुल निर्माणको काम थालेको थियो ।       पहिलो चरणमा जाजरकोटको जिरो प्वाइन्ट पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर कालोपत्रको काम शुरू गरिएको थियो । यद्यपि कालोपत्रको काम अहिलेसम्म एक मिटर पनि भएको छैन । सडकको छेउतिर कटानको काम मात्र निरन्तर चलिरहेको छ । जाजरकोट खण्डको भूभागमा वातारणीय प्रभाव मूल्यांकनदेखि अन्य काम सकेर बाँकी सडक कालोपत्रका लागि ठेक्का लगाउने काम शुरू भएको सडक डिभिजनका प्रमुख झाले बताए । जाजरकोट सदरमुकामको पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर सडक कालोपत्रको जिम्मेवारी आठबीसकोट नगरपालिका रुकुमपश्चिमका प्रमुख गोरखबहादुर केसीले लिएका छन् । हालसम्म कालोपत्रको काम सकिसक्नुपर्नेमा अहिलेसम्म एक मिटर पनि कालोपत्रको काम भएको छैन । रासस

म्याद गुज्रिँदा पनि  बनेन पुल‚ स्थानीयलाई सधैं सास्ती

जाजरकोट : जाजरकोट-डोल्पा सडकखण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ। दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन्।डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा तोकिएको समयमा बेलीब्रिज पुल निर्माण नभएका हुन्। पुलको जगमा सामान्य पिलर मात्र उठाइएको छ, जबकि हालसम्म पुल निर्माण भइसक्नुपर्ने थियो।जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भए पनि डोल्पामा पुल निर्माण ढिलाइ भइरहेको छ। जाजरकोटक

जाजरकोट-डोल्पा सडकखण्ड : म्याद गुज्रियो बनेन पुल

२८ मङ्सिर, जाजरकोट । जाजरकोट-डोल्पा सडकखण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ । दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन् । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा तोकिएको समयमा बेलीब्रिज पुल निर्माण नभएका हुन् । पुलको जगमा सामान्य पिलर […]

सात वर्षमा पनि बनेन पुल

सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका छन्।...