आजदेखि निर्वाचन आयोगको ११०२ टोल फ्रि सञ्चालनमा

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजबाट टोल फ्रि सञ्चालन गर्ने भएको छ  । निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्न समेत भएकाले आजबाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो । ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनोट गरिसकेको छ । 

सम्बन्धित सामग्री

वडाअध्यक्ष रोकाया आचारसंहिता विपरित पार्टीको चुनावी प्रचारप्रसारमा

बझाङ : बझाङको साइपाल गाउँपालिका ४ का वडाअध्यक्ष निर्वाचनको आचारसंहिता विपरित पार्टीको प्रचारप्रसारमा संलग्न रहेको पाइएको छ। वडाअध्यक्ष जयसिंह रोकाया चुनाव प्रचारप्रसारमा संलग्न पाइएको हो। निर्वाचन आयोग ऐन २०७३ को दफा २२ परिच्छेद ३ को बुँदा (ङ) मा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तह भित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न रोक लगाएको छ। नेपाली काग्रेसबाट साइपाल गाउँपालिका ४ को वडाअध्यक्षमा निर्वाचित रोकाया आफ्नो पार्टीका उम्मेदवारको पक्षमा मतमाग्दै साइपाल गाउ

मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट उजुरी दिन सकिने

निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्ने निर्वाचन आयोगले जनाएको छ । उजुरी निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिता बमोजिमका समिति, टोली वा अनुगमन अधिकृतसमक्ष दिन सकिने व्यवस्था गरिएको छ । यसका साथै आयोगले सञ्चालन गरेको पैसा नलाग्ने टोल फ्रि नम्बर ११०२ मा फोन गरेर पनि उजुरी दिन सकिनेछ ।निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ बमो