वडाअध्यक्ष रोकाया आचारसंहिता विपरित पार्टीको चुनावी प्रचारप्रसारमा

बझाङ : बझाङको साइपाल गाउँपालिका ४ का वडाअध्यक्ष निर्वाचनको आचारसंहिता विपरित पार्टीको प्रचारप्रसारमा संलग्न रहेको पाइएको छ। वडाअध्यक्ष जयसिंह रोकाया चुनाव प्रचारप्रसारमा संलग्न पाइएको हो। निर्वाचन आयोग ऐन २०७३ को दफा २२ परिच्छेद ३ को बुँदा (ङ) मा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तह भित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न रोक लगाएको छ। नेपाली काग्रेसबाट साइपाल गाउँपालिका ४ को वडाअध्यक्षमा निर्वाचित रोकाया आफ्नो पार्टीका उम्मेदवारको पक्षमा मतमाग्दै साइपाल गाउ