तीन गाउँपालिकाको १४ करोड बेरुजु

रुकुमपूर्वका स्थानीय तहको बेरुजु १४ करोड बढी देखिएको छ । महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लाका ३ वटा गाउँपालिकाको बेरुजु अर्थात् नियम सङ्गत खर्च नभएको रकम १४ करोड चार लाख सात हजार रुपियाँ देखिएको छ । यो कुल लेखापरीक्षण गरिएको रकमको ११.३७ प्रतिशत हो ।

सम्बन्धित सामग्री

भोजपुर रंगशालाको काम ९८ प्रतिशत सम्पन्न

भोजपुर । भोजपुर अन्तरराष्ट्रिय रंगशालाको काम ९८ प्रतिशत सम्पन्न भएको छ । कोदारमा २०७६ कात्तिकदेखि निर्माण शुरू भएकोमा हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले जनाएको छ । कार्यालयका प्रमुख सुरेश शाहले रंगशाला निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै निर्धारित समयभित्र सम्पन्न हुने बताए । प्रदेश नं १ सरकारको रू. १४ करोड पाँच लाख लागतमा रंगशाला निर्माण गरिएको हो । सात हजार वर्गमिटरको रंगशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सातओटा प्याराफिट निर्माण गरिएको छ । कुल २५ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटर चौडाइ, उत्तरतर्फ ५५ मिटर चौडाइ, पूर्वतर्फ एक सय दुई मिटर लम्बाइ र पश्चिमतर्फ एक सय पाँच मिटर लम्बाइ छ । निर्माणाधीन रंगशालामा प्याराफिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय तथा क्यान्टिन भवन, शौचालयलगायतका पूर्वाधारको काम सम्पन्न भइसकेको निर्माण कम्पनी रायमाझी, मार्सेली निर्माण जेभीले जानकारी दिएको छ । सम्झौता अनुसारको सम्पूर्ण संरचना तयार गरेर हस्तान्तरणको अन्तिम चरणमा रहेको निर्माण कम्पनीका प्रमुख श्यामकुमार श्रेष्ठले बताए । उनका अनुसार यो महीनाभित्र काम सम्पन्न गरी हस्तान्तरण गरिनेछ । २०६४ सालमा जिल्ला विकास समिति बोर्डले रू. ५५ लाखमा जिल्ला खेलकुद परिषद्मार्फत रंगशालाका लागि जग्गा खरीद गरेको थियो । जिविसले केही रकम छुट्ट्याएर स्तरोन्नतिको काम थाले पनि बजेट अभावका कारण रोकिएको थियो । प्रदेश नं १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा शिलान्यास गरेको अन्तरराष्ट्रियस्तरको ‘मीरा राई रंगशाला’को निर्माण तीव्र गतिमा भइरहेको गाउँपालिकाले बताएको छ  । गाउँपालिकाको रू. ५५ लाख र प्रदेश १ सरकारको रू. एक करोड ३५ लाख लगानीमा सो रंगशाला निर्माण भइरहेको छ । पछिल्लो समय जिल्लामा धमाधम खेलकुद संचरना बनेपछि खेलाडी तथा खेलप्रेमी उत्साहित बनेका छन् । रासस

म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति तीव्र

म्याग्दी : पश्चिम म्याग्दीलाई सदरमुकाम बेनी लगायत देशका विभिन्न शहरसँग जोड्ने सडकको कालोपत्रे गर्ने योजनाका साथ स्तरोन्नतिको भइरहेको छ।दरवाङदेखि धारापानी सम्मको सात किलोमिटर  सडक स्तरोन्नतिको योजना सञ्चालनमा छ। मालिका गाउँपालिका केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत पहिलो चरणमा सात किलोमिटर सडक स्तरोन्नति गर्दै कालोपत्रे गर्ने उद्देश्य छ। दरबाङ देखि धारापानीसम्म सडक स्तरोन्नतिको कार्यले गति लिएको हो। साढे दुई वर्षअघि गण्डकी प्रदेश सरकारले विनियोजन

भिमसेनथापा गाउँपालिकाको बजेट ६२ करोड २६ लाख ८८ हजार

गोरखाको भिमसेनथापा गाउँपालिकाले ६२ करोड,२६ लाख ८८ हजारको बजेट ल्याएको छ । गत शुक्रबार बसेको गाउँसभाले नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६२ करोड भन्दा बढीको बजेट ल्याइएको हो । जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान १४ करोड ४५ लाख, सशर्त अनुदान २३ करोड, ५५ लाख, र  पुँजीगत अनुदानतर्फ १ करोड १५ लाख रहेको छ । यसै गरी संघीय सरकार उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक ग्राम स्थापनाको लागि ९२ लाख,राजस्व बाँडफाँटतर्फ ८ करोड ४४ लाख  ६८ हजार गरी जम्मा ४८ कर

गण्डकी गाउँपालिकाको बजेट ६६ करोड ११ लाख

गोरखाको गण्डकी गाउँपालिकाले ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको गाउँसभामा नीति तथा कार्यक्रमसहित ६६ करोड बढीको बजेट ल्याइएको हो । सभामा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँ पेश गरेकी हुन् ।जसमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान १४ करोड ९१ लाख, शसर्त अनुदान २६ करोड, ६३ लाख, र समपूरक अनुदानतर्फ ८० लाख रहेको छ । त्यस्तै विशेष अनुदानतर्फ २ करोड ६६ लाख, राजस्व बाँडफाँटतर्फ ८

वैकल्पिक सडक सञ्चालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक सञ्चालन भएको छ । जोखिमयुक्त बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले मंगलबारदेखि दरबाङ–धारापानी–ताकम हँुदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवतजावत बन्द गरेका छन् । सडक निर्माण सहज बनाउन बादिकामा बन्द गरिए पनि आवतजावतलाई सुरक्षित र नियमत बनाउन दरबाङ–खारा–भारबाङ–ताकम–मुना वैकल्पिक सडक सञ्चालन गरिएको गाउँपालिकाका इञ्जिनीयर सोबिन जिसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका र निर्माण कम्पनीले भरबाङस्थित म्याग्दी खोलामा सातओटा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाएका छन् । झारवाङ घाटमा पूर्वाधार विकास कार्यालयले पक्की पुल पनि निर्माण गरिरहेको छ । २०७५ सालमा मार्ग खोलिए पनि दरबाङ–बिम–ताकम–मुना सडकमा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन । बर्खाअघि नै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग २०७६ चैत ४ गते १४ करोड ३८ लाख ६७ हजार १७६ मा ठेक्का सम्झौता गरेको धुलिखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गरिरहेको छ । यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएको हुँदा दुईओटा घुम्ती थपेर करिब ४०० मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजना अन्तर्गत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ती सुधार र पर्खाल निर्माण भइरहेको छ । दरवाङको म्याग्दी खोला मोटरेबल पुलदेखि दङखोलासम्मको खण्डमा विस्तार र पर्खालको काम सकेर नाली बनाइरहेको छ ।       दरबाङदेखि धारापानी गाउँसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले ‘क’ वर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा अनुसार यो आयोजना सञ्चालन भएको हो ।       पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको धारापानीसम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ । स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकिलो बनाइने भएको छ । ग्राभेल गरिने सडकको ग्रेड र घुम्ती मिलाउनुका साथै ग्याबिन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ । रासस

रुकुम पूर्व र पश्चिमका ९ ओटा स्थानीयतहको बेरुजु साढे ४७ करोड

भदौ ९, रुकुम । रुकुम पूर्व र पश्चिम जिल्लामा साढे ४७ करोड रुपैयाँ भन्दा बढी बेरुजु रहेको छ ।   गत आर्थिक वर्ष २०६७/०७७ मा रुकुम पूर्व र पश्चिम जिल्लाका ९ ओटा स्थानीयहरुको बेरुजु ४७ करोड ४७ लाख ५५ हजार रुपैयाँ रहेको महालेखा परिक्षणको ५८ औं प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७७ अनुसार रुकुम पश्चिम जिल्लाका ६ ओटा स्थानीय तहमा ३० करोड २३ लाख ५५ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख गरेको छ । तीन नगरपालिका र तीन गाउँपालिका रहेको रुकुम पश्चिममा उक्त रकम बेरुजु देखिएको हो । रुकुम पश्चिम जिल्लामा सबैभन्दा बढी त्रिवेणी गाउँपालिकामा र सबैभन्दा कम सानीभेरी गाउँपालिका बेरुजु रकम देखिएको छ ।  रू. ९१ करोड ६८ लाख ६ हजारको लेखापरीक्षण गरेको त्रिवेणी गाउँपालिकामा रू. ९ करोड ३ लाख ३ हजार अर्थात् ९ दशमलव ८३ प्रतिशत बेरुजु निस्किएको छ । भने सबैभन्दा कम सानीभेरी गाउँपालिकाको रू. ९१ करोड ५९ लाख ३३ हजार बजेटको लेखापरीक्षण गरिएकोमा रू. ९० लाख ७० हजार रुपैयाँ बेरुजु देखिएको छ ।  त्यस्तै बाँफिकोट गाउँपालिकाको ६९ करोड ४१ लाख २७ हजारमा रुपैयाँमध्ये १ करोड २४ लाख ९ हजार अर्थात् १ दशमलव ७९ प्रतिशत बेरुजु देखिएको छ । रू. १ अर्ब ३० करोड १५ लाख ५३ हजारको लेखापरीक्षण गर्दा मुसीकोट नगरपालिकामा ५ करोड ३८ लाख ४५ हजार अर्थात् ४ दशमलव १४ प्रतिशत बेरुजु निस्किएको छ । चौरजहारी नगरपालिकाको कुल बजेट १ अर्ब १५ करोड ९२ लाख ६६ हजारको लेखापरीक्षण भएको रकममध्ये रू. ५ करोड ६६ लाख ६४ हजार अर्थात् ४ दशमलव ९८ प्रतिशत बेरुजु भएको छ । त्यस्तै रुकुम पश्चिमकै आठबीसकोट नगरपालिकामा कुल रू. १ अर्ब ६३ करोड १६ लाख ९२ हजार बजेटको लेखापरीक्षण रकममध्ये ८ करोड ६४ हजार अर्थात् ४ दशमलव ९१ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै, रुकुम पूर्वका तीन ओटा स्थानीय तहमा १७ करोड २४ लाख बेरुजु देखिएको छ । सबैभन्दा बढी पुथाउत्तरगंग गाउँपालिकामा १४ करोड ५४ लाख ७८ हजार १५ दशमलव ६४ प्रतिशत बेरुजु देखिएको हो । उक्त गाउँपालिकामा कुल बजेट ९३ करोड ३ लाख २० हजार बजेटमा लेखापरीक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लामा सबैभन्दा कम बेरुजु भूमे गाउँपालिकामा देखिएको छ । भुमे गाउँपालिकामा कुल बजेट ९५ करोड २९ लाख ३८ हजारको लेखापरीक्षण गर्दा ७७ लाख ५६ हजार अर्थात् शून्य दशमलव ८१ प्रतिशत बजेट बेरुजु देखिएको छ ।   सिस्ने गाउँपालिकाको कुल बजेट ८२ करोड ६२ लाख ७६ रुपैयाँमध्ये रु. १ करोड ९२ लाख ४ हजार अर्थात् २ दशमलव ३२ प्रतिशत बजेट बेरुजु देखाएको छ । जिल्लाका तीन स्थानीय तहमा कुल १ अर्व ८७ करोड २२ लाख ४६ हजारको लेखापरीक्षण गरिएको थियो ।

पाथीभरा याङ्वरक गाउँपालिकाको बजेट ४२ करोड २९ लाख

जिल्लाको पाथीभरा याङवरक गाउँपालिकाको आव ०७८/७९ को बजेट ४२ करोड २९ लाख ६८ हजार २ सय ९० रुपैयाँ रहेको छ । पालिकाको बिहीबार सम्पन्न १०औ गाउँसभामा उपाध्यक्ष रनमाया गुरुङले आव ०७८/७९ को उक्त बजेट प्रस्तुत गरेकी हुन् । चालूतर्फ २७ करोड ४२ लाख १८ हजार १९० र पुँजीगततर्फ १४ करोड ८७ लाख ५० हजार १ […]

थोकबजार प्रयोगविहीन

निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि मोरङको कटहरी गाउँपालिकाको तरकारी तथा फलफूलको थोक बजार सञ्चालनमा आउन सकेको छैन । विराटनगरको गुद्री बजारका व्यापारीले थोकबजारमा नजाने अडान लिएपछि झण्डै १४ करोड रूपैयाँको लागतमा निर्माण गरिएको थोकबजार प्रयोगविहीन बनेको छ । विराटनगर महानगरपालिकासँग जोडिएको कटहरीमा गत वर्ष नै थोकबजारका लागि भवनलगायतका सम्पूर्ण भौतिक संरचना निर्माण सम्पन्न भएको थियो ।

आठराई गाउँपालिकाको बजेट रु ३२ करोड

२ मंसिर, तेह्रथुम । आठराई गाउँपालिकाको आव २०७४–७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ । आव २०७४–७५ का लागि रु ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब रु १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब रु १४ करोड ४४ …