सरकारले विनियोजन गरेको बजेट हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्ने देखिएको छ । संघीय संरचनाअनुसार चार गाउँपालिकामा विभाजित मनाङको नार्पाभूमि गाउँपालिकामा २०७८ को जनगणनाअनुसार कुल तीन सय ९८ मात्रै जनसंख्या छ ।संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित अन्तरसरकारी वित्तीय हस्तान्तरण बजेटअन्तर्गत नार्पाभूमि गाउँपालिकामा १४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले विनियोजन गरेको बजेटअनुसार एकजना व्यक्तिलाई नार्पाभू