सन् १९९८ मा क्रोएसियन फुटबल टिम पहिलो पटक विश्वकपमा सहभागी भयो। क्रोएसियाले छोटो समयमै फुटबलमा गरेको प्रगति देखेर संसार छक्क थियो। त्यो वर्ष क्रोएसिया विश्वकपमा सहभागी मात्र भएन समूह चरणमा तीनमध्ये दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनायो।रोमानियालाई १-० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो। क्वाटर फाइनलमा तीनपटकको विश्वविजेता जर्मनीलाई ३-० ले हराउँदै सेमिफाइनल प्रवेश गर्यो। सेमिफाइनलमा फ्रान्ससँग २-१ ले पराजित भएको क्रोएसियाले उपाधिको दावेदार मानिएको नेदरल्याण्ड्सलाई