कात्तिक २९, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थामा तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
कृष्ण बन्जाडे, समर ढकाल र तेज दत्त खकुराल सर्वसाधारण समूहको तर्फबाट निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको कात्तिक २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि कम्पनीको सञ्चालकमा निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।