जुम्लामा रहेका सरकारी लगानीका पाँच वटा अनुसन्धान केन्द्रहरुले अपेक्षित उपलब्धी हासिल गर्न सकेका छैनन् । स्थापना कालदेखिनै वैज्ञानिक, प्राविधिक अधिकृतलगायतका जनशक्ति अभाव भोग्दै आएका केन्द्रहरुले अनुसन्धानमा उपलब्धी देखाउन नसकेका हुन् । राज्यकै लगानीमा जुम्लामा भेडाबाख्रा अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, वनस्पति अनुसन्धान केन्द्र, बाग्वानी अनुसन्धान केन्द्र, कृषि अनुसन्धान प्रतिष्ठान गरी पाँच अनुसन्धान केन्द्र […]