पहिरोले चार घर बगायो, पाँच घर उच्च जोखिममा

रोल्पा । बिहीवार राति वर्षापछि आएको पहिरोले रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा चारओटा घर बगाएको छ । फुलिबनमा पहिरोको उच्च जोखिम भएपछि गतवर्ष बाछेममा सारिएको नयाँ बस्तीमा पनि पहिरो गएको हो । पहिरोले रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र मनपुरा घर्तीको घर बगाएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज सई सूर्यलाल गुरुङले जानकारी दिए । यस्तै अन्य पाँच घर पनि आंशिक रूपमा क्षति पुग्नुका साथै उच्च जोखिममा रहेको प्रहरीले बताएको छ । दिलबहादुर घर्ती, चिमा घर्ती, धनमाला घर्ती, विजयी घर्ती र दलबहादुर घर्तीको घर उच्च जोखिममा रहेको छ । पहिरोले नयाँ बस्ती उच्च जोखिमा रहेकाले रातको समयमा सबै सुरक्षित ठाउँमा रहेकाले मानवीय क्षति हुन नपाएको सुनछहरी गाउँपालिका–१ का वडाध्यक्ष महावीर रानाले बताए । प्रदेश सरकारको १५ करोड लगानीमा फुलिबनबाट ४० घर परिवारलाई बाछेमको नयाँ बस्तीमा सारिएको थियो । नयाँ बस्ती पनि पहिरोले बगाएपछि प्रदेश सरकारको लगानी बालुवामा पानी भएको छ । गाउँपालिकाको अन्य ठाउँमा पनि पहिरोको जोखिम भएकाले उक्त ठाउँमा नयाँ बस्ती राखिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनको भनाइ छ । भूगर्भविद् र स्थानीयको सुझाव नमानेर उक्त ठाउँमा बस्ती बसाल्दा अहिले यो अवस्था आएको स्थानीयको गुनासो छ । ‘घर बनाउँदा लागेको ऋण तिरेकै थिएन, अब घर पनि रहेन,’ पहिरो पीडित मनपुरा घर्तीले भनिन् । पहिरोले सडक बगाउँदा सुलीचौर–थबाङ सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

सम्बन्धित सामग्री

पहिरोले सात घर विस्थापित

पर्वत, १४ भदौ । जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ […]

बागलुङमा पहिरोले घर पुरियो

बागलुङ :  गलकोटमा पहिरोका कारण एक घर पुरिएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण गलकोट नगरपालिका-११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मरबहादुर श्रीसले जानकारी दिए।पहिरोले घर पुरिँदा रानाको परिवार विस्थापित भएका छन्। अहिले उनीहरू आफन्तकोमा आश्रय लिएको अध्यक्ष श्रीसले बताए।  पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ ।

रामेछापमा पहिरोले पाँच घर बगायो

काठमाडौं, भदौ ३ । अबिरल वर्षासंगै आएको पहिरोले रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पाँच वटा घर बगाएको छ। पहिरोले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलक्ष्मी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो । पहिरोले घर बगाए पनि मानविय क्षति भने नभएको बताइएको छ । थप विवरण आउन बाँकी file […]

जुम्लामा पहिरोले एक घर भत्कियो

जुम्लाको चन्दननाथ नगरपालिका–७ मा पहिरोलो एक घर भत्किएको छ। गएरातीको पहिरोले वडा नं ७ स्थित कर्णाली राजमार्गको भित्तामा रहेको कृष्णबहादुर रावलको घर भत्किएको हो। रावलको चारकोठे घर पहिरोले भत्केको जिल्ला प्रहरी...

ताप्लेजुङमा आठ घर पहिरोले बगायो

फुङ्लिङ । ताप्लेजुङमा आठ वटा घर पहिरोले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिरोले आठ वटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी […]

ताप्लेजुङमा आठ घर पहिरोले बगायो

ताप्लेजुङमा आठवटा घर पहिरोले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै  गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ । विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपा

पहिरोले दुई घर पुरिए

बैतडी– बैतडीको पुर्चौडी नगरपालिका–७ कोटिलामा पहिरोले एक घर भत्किएको छ । स्थानीय मदन लोहारको घरमाथिबाट आएको पहिरोले दुई तले घर भत्किएको हो । घर भत्किदा भित्र रहेका सबै मालसमान नष्ट भएको छ । मानवीय क्षति नभए पनि २० लाखभन्दा बढीको धनमाल नष्ट भएको स्थानीय शैलेस धानुकको अनुमान छ । पहिरोका कारण ऐरी गाउँका दुई बस्ती […]

बैतडीमा पहिरोले दुई घर पुरिए

४ भदौँ, धनगढी । अविरल वर्षासँगै बैतडीमा आएको पहिराले दुई घर पुरेको छ । जिल्लाको पाटन नगरपालिका–१० मा बिहीबार रातिदेखि परेको वर्षाका कारण आएको पहिरोले दुई घर पुरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय हर्क कुँवर र हिक्मत कुँवरको घर पहिरोले पुरिएका हुन् । पहिरोले घर पुरिएसँगै हर्कका तीन भैँसी, गाई र १० […]

सङ्खुवासभामा पहिरोले एक घर पुरियो

संखुवासभा - संखुवासभाको खाँदबारी नगरपालिका–७ सिम्लेमा पहिरोले एउटा घर पुरिएको छ । गएराति घरमाथिबाट खसेको पहिरोले ३४ वर्षका सुरेश गुरुङको घर पुरेको वडा नम्बर ७ का अध्यक्ष मौसम आलेमगरले बताउनुभयो । घर पहिरोले पुरिएपछि सुरेशको परिवार विस्थापित भएको छ । लगातारको पानीले संखुवासभाको कोशी राजमार्गको माम्लिङ्ग—पिलुवा खोला सडक र मकालु गाउँपालिकाको नुम—फ्याक्सिन्दामा पहिरो जाँदा सडक बन्द भएकाे छ ।

पहिरोले बिर्घामा एक घर पुरियो, जोखिममा दुई घर

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित गौतमटोलमा पहिरोले एक घर पुरिएको छ। दुई घर जोखिममा रहेका छन्।स्थानीय दीपक नेपालीको पसल रहेको घर पुरिएको हो। चार दिनदेखि परेको अविरल वर्षासँगै माथिबाट झरेको पहिरोले घर पुरिएको बिर्घा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रिखाईप्रसाद चौधरीले बताए। पहिरो झर्ने खतरा भएपछि पसलबाट सबै सामग्री यसअघि नै निकालिएको थियो। सानो टिनको छाप्रो पुरिएको उनले बताए। मानवीय क्षति भने भएको छैन्। समयमै सचेतना अपनाएका कारण अन्य क्षतिसमेत बढी हुन पाएन।पह