शिक्षा विकास समन्वय इकाई सोलुखुम्बुका सबइन्जिनियर पवनकुमार यादवलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको मालासहित हातपात गरेका छन् ।
सबइन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाउँदै सोमवार दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दिउँसो अन्दाजी १ बजे मुखमा मास्क लगाएर नचिनिने भएर कार्यालयमा पुगेका १० जना युवाले नाराबाजीसहित आफूलाई ...