विद्यार्थीहरुले सिंहदरबारभित्रै दले मेडिकल कलेज सञ्चालक सुनिल शर्मालाई कालो मोसो

काठमाडौँ- असन्तुष्ट विद्यार्थीहरुले शुक्रबार सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनील शर्मालाई कालो मोसो दलेका छन्। शिक्षा मन्त्रालयमा विद्यार्थी, अभिभावक र कलेज सञ्चालकहरुबीच भएको बैठक सकेर बाहिर निस्कने क्रममा काठमाडौँ मेडिकल कलेजकै विद्यार्थीहरुले शर्मालाई कालोमोसो दलेका हुन्। कालोमोसो दल्नेमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट विद्यार्थीहरु रहेको स्रोतले जानकारी […]

सम्बन्धित सामग्री

सात विद्यार्थी संगठनले लिए सुनील शर्मामाथि कालो मोसो दलेको जिम्मेवारी

काठमाडौँ- मेडिकल कलेजको मनोमानीबिरुद्ध आन्दोलनरत सात विद्यार्थी संगठनले शुक्रबार सिंहदरबार परिसरभित्रै काठमाडौँ मेडिकल कलेजका कार्यकारी प्रमुख डा. सुनील शर्मालाई कालोमोसो दलेर गरिएको दुर्व्यवहारको जिम्मा लिएका छन्। अभिभावक, विद्यार्थी र कलेज सञ्चालकहरुबीच शिक्षा मन्त्रालयमा भएको छलफलपछि बाहिर निस्कँदा विद्यार्थीहरुले डा. शर्मामाथि दुर्व्यवहार गरेका थिए। काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज र मणिपाल कलेजमा गत ४१ दिनदेखि […]

केएमसीका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले दले मोसो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले कालो मोसो दलेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियूका विद्यार्थीहरूले शर्मालाई मोसो दलेका हुन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले आज आयोजना गरेको छलफलपछि विद्यार्थीहरूले मन्त्रालय परिसरमा उनीमाथि मोसो दलेका हुन् । अतिरिक्त शुल्क लिएको भन्दै अध्ययनरत विद्यार्थीहरू लामो समयदेखि आन्दोलनरत छन् । सरकारलाई...