नेकपा एमालेले ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तहमध्ये ७ वटा स्थानीय तहको नेतृत्व पाएको थियो । तर यो पटकको चुनावी नतिजाले एमालेको वर्चश्व समाप्त भएको छ । यो पटक एमाले नराम्रोसँग पराजित हुन पुगेको छ ।एमालेले अघिल्लो निर्वाचनमा जितेका ७ स्थानीय तहमध्ये अहिले आठबीस र नारायण नगरपालिका बाहेक अन्य सबै पालिका गुमाएको छ । जसको प्रत्यक्ष लाभ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई मिलेको छ ।०७४ मा एमालेले जितेका चार वटा पालिकामा अहिले काँग्रेसले जितेको छ भने एउटामा माओवादीले जित