प्रधानमन्त्री शेरबहादुर देउवालगायत कांग्रेसका सभापतिका उम्मेदवारहरूले मतदान गरेको तस्वीर तथा भिडियो खिच्न नपाएको भन्दै पत्रकारहरूले ‘क्यामरा डाउन’ गरेका छन् ।
फोटो–भिडियो खिच्ने क्रममा प्रहरीले बाहिर जान भन्दै दुर्व्यवहार गरेको पत्रकारहरूले आरोप लगाएका छन् । प्रहरीले हातपात गर्दै फोटो खिच्न नदिएर बाहिर निकालेपछि विरोध जनाएको पत्रकारहरूको भनाइ छ ।
अहिले क्यामरा भुइँमा राखेर विरोध जनाएका छन् । उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।&...