पाकिस्तान र इंग्ल्याण्डबीचको सिरिज रोमाञ्चक मोडमा

पाकिस्तान भ्रमणमा रहेको इंग्लिस टिमले छैटौँ टी–२० खेलमा जित हात पारेपछि ७ खेलको टी–२० सिरिज ३–३ को रोमाञ्चक मोडमा पुगेको छ। अब सिरिजको टुंगो आइतबार लाहोरमा हुने अन्तिम खेलले गर्नेछ।लाहोरमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पहिलो ब्याटिङ गर्दे ६ विकेट गुमाएर १६९ रन बनायो। जवाफमा इंग्ल्याण्डले उक्त लक्ष्य १४.३ ओभरमा नै २ विकेट गुमाएर पूरा गर्दै सिरिजलाई बराबरीमा ल्यायो।घरेलु टोली पाकिस्तानका लागि कप्तान बाबर अजामले सानदार ब्याटिङ गरे पनि अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न स

सम्बन्धित सामग्री

मुल्तानमाथि रोमाञ्चक जित निकाल्दै लाहोरले जित्यो पिएसएलको उपाधि

पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि लाहोर कलन्दर्सले लगातार दोस्रो पटक जितेको छ। साविकका फाइनलिस्टको भिडन्तमा दोस्रो पटक पनि कलन्दर्सले मुल्तानलाई हराएको हो। मुल्तानले १ रनको रोमाञ्चक जित निकाल्यो। गत संस्करणमा पनि मुल्तान फाइनलमा पराजित भएको थियो। अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा खेललाई सुपर ओभरमा पुर्‍याउने प्रयासस्वरूप ३ रनको प्रयास गर्दा खुसदिल सा रनआउट भएपछि […]

महिला टी-२० विश्वकप: पाकिस्तानमाथि वेस्टइन्डिजको रोमाञ्चक जित

दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकपमा वेस्टइन्डिजले पाकिस्तानमाथि ३ रनको रोमाञ्चक जित हासिल गरेको छ। सेमिफाइनल सम्भावना कायमै राख्नका लागि दुबै टिम जितका लागि मैदान उत्रिएको खेलमा वेस्टइन्डिज कमजोर लक्ष्यका बावजुत जित निकाल्न सफल भयो। टस जितेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो। जवाफमा पाकिस्तान […]

टी–२० विश्व कप : आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । सुपर १२ को समूह ‘२’ को यो खेल दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । दक्षिण अफ्रिका ३ खेलमा पाँच अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने पाकिस्तान दुई अङ्कसहित पाँचौँ स्थानमा छ। हिजो एडिलेडमा भएको रोमाञ्चक खेलमा भारतले बङ्लादेशलाई पाँच रनले हरायो । यो खेलमा नटआउट ६४ रन बनाएका विराट कोहलीले आईसीसी टी–२० विश्व कपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।...

टी–ट्वन्टी विश्वकप क्रिकेट : जिम्बाबेद्वारा पाकिस्तान पराजित

काठमाडौं । आईसीसी टी–ट्वन्टी विश्वकप क्रिकेटमा पाकिस्तान लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा भारतसँग हारेको पाकिस्तानलाई बिहीबार राती जिम्बाबेले हराएको हो । बिहीबार साँझ पर्थमा भएको रोमाञ्चक खेलमा जिम्बाब्वेसँग पाकिस्तान १ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन जोड्यो […]

टी–२० विश्वकप : पाकिस्तान जिम्बाब्वेसँग १ रनले पराजित

टी–२० विश्वकप क्रिकेटमा खेलमा पाकिस्तान जिम्बाब्वेसँग १ रनले स्तब्ध बन्यो। बिहीबार बेलुकी सम्पन्न खेलमा जिम्बाब्वेले पाकिस्तानमाथि १ रनको रोमाञ्चक जित निकालेको हो। टस  जितेर पहिलो ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा पाकिस्तान अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउन पुगेपछि पाकिस्तान १ रनले पराजित भयो।पहिलो ब्याटिङ गरेको जिम्बाब्वेका लागि सेन विलियम्सले ३१ रन बनाउँदा कप्तान क्रेइग एर्भिनले १९ रन बनाएका थिए। त

टी २० विश्वकपमा पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

काठमाडौँ- आईसीसी विश्वकप टी २० क्रिकेटमा भारतले चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । भारत र पाकिस्तानबीच दुइपक्षीय सिरिज नभएको बर्षौ भइसकेको छ । यी दुई देशबीचको राजनीतिक लडाईंको असर क्रिकेटमा पनि परिरहेका बेला भारत र पाकिस्तान एसीसी र आईसीसीका टुर्नामेन्टहरुमा मात्रै खेल्दै आएका छन् । जसअनुसार आज भारत र पाकिस्तानले […]

एसिया कपको फाइनलमा पाकिस्तान श्रीलंकासँग भिड्ने, भारत बाहिरियो

काठमाडौँ – नसिम साहले लगातार दुई छक्का प्रहार गरेपछि अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै पाकिस्तान एसिया कप २०२२ को फाइनलमा प्रवेश गरेको छ । एक सय ३० रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो । नवौं विकेटको रुपमा आसिफ अलि आउट भएपछि दबाबमा आएको पाकिस्तानका नसिम साहले २०औं ओभरको […]

एसिया कपबाट भारत र अफगानिस्तान बाहिरिए, पाकिस्तान र श्रीलङ्का फाइनलमा

काठमाडौँ । युएईमा जारी एसिया कप टी-२० क्रिकेटको उपाधिका लागि पाकिस्तान र श्रीलङ्का भिड्ने भएका छन्। प्रतियोगिता अन्तर्गत सुपर फोरमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। बुधबार सारजाहमा अफगानिस्तानलाई रोमाञ्चक खेलमा १ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो। पाकिस्तानको जितसँगै श्रीलङ्का पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा […]

एसिया कप : भारतमाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडौँ । पाकिस्तानी क्रिकेट टिमले भारतमाथि रोमाञ्चक जित निकालेको छ । एसिया कप क्रिकेटअन्तर्गत गएराति भएको सुपर चारको भिडन्तमा पाकिस्तानले भारतमाथि पाँच विकेटको जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा १८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम बलअघि पाँच विकेटले विजयी बन्यो । समूह चरणमा भारतसँग पराजित भएको उसले सुपर चारमा हारको बदला लिन […]