एसिया कपबाट भारत र अफगानिस्तान बाहिरिए, पाकिस्तान र श्रीलङ्का फाइनलमा

काठमाडौँ । युएईमा जारी एसिया कप टी-२० क्रिकेटको उपाधिका लागि पाकिस्तान र श्रीलङ्का भिड्ने भएका छन्। प्रतियोगिता अन्तर्गत सुपर फोरमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। बुधबार सारजाहमा अफगानिस्तानलाई रोमाञ्चक खेलमा १ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो। पाकिस्तानको जितसँगै श्रीलङ्का पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा […]

सम्बन्धित सामग्री

एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ । सुपर चार अन्तर्गत आफ्नो पहिलो खेलमा भारत पाकिस्तानसँग पराजित भएको थियो भने श्रीलङ्काले अफगानिस्तानलाई हराएको थियो । प्रतियोगितामा सहभागी ६ देशमध्ये भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । सुपर चारमा चारै टोलीले एकअर्कासँग खेल्नेछन् । भोलि पाकिस्तान र अफगानिस्तान, बिहीवार भारत र अफगानिस्तान तथा शुक्रवार श्रीलङ्का र पाकिस्तानबीच खेल हुनेछ । शीर्...

एसिया कप क्रिकेट : सुपर चारमा आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट अन्तर्गत सुपर चारमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय किक्रेट मैदानमा सुरु हुनेछ । प्रतियोगितामा ६ देश सहभागी रहेकोमा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । समूह चरणमा भारतले पाकिस्तान र हङकङलाई हराउँदै दुई जितका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेर सुपर चारमा स्थान बनाएको थियो भने पाकिस्तानले हङकङलाई हराएको थियो । त्यस्तै समूह ‘बी&r...

एसीसी एसिया कप क्रिकेट–२०२२ श्रीलङ्काबाट यूएईमा सारियो

काठमाण्डाै - एसीसी एसिया कप क्रिकेट–२०२२ यूएईमा हुने भएको छ । श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट र प्रदर्शनका कारण खेल श्रीलङ्काबाट यूएईमा सारिएको एसियन क्रिकेट काउन्सिल (एसीसी) ले जनाएको छ । टी–२० फर्म्याटकाे एसिया कप आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने थप एक देश गरी ६ टोली सहभागी हुनेछन् ।

१९ वर्षमुनिको एसिया कपमा नेपाल र बङ्गलादेशबीचको खेल भोलिका लागि सर्यो

काठमाण्डाै - १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल र बङ्गलादेशबीच आज हुने भनिएको खेल भोलिका लागि सरेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले नेपाल र बङ्गलादेशबीचको खेल एक दिनपछि सरेको जनाएको हो । यसअघि नेपाल र बङ्गलादेशबीचको खेल यूएईको सारजाहमा आज हुने तालिका थियो । समूह ‘बी’ मा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘ए’ अन्तर्गत आज हुने खेलमा भारत र यूएई तथा पाकिस्तान र अफगानिस्ता...