मखमली फूल टिप्दै

सूर्यविनायक नपा–७ गुण्डुमा म्हःपूजा तथा भाइटीकालाई नभई नहुने मखमली फूल टिप्दै स्थानीय कृषक महिला । आफ्नो खेतमा लगाएको व्यावसायिक मखमली फूल अहिले टिपेर माला उनेर राख्ने र तिहारमा बेच्न गरिन्छ । एक मालाको २५-३० रूपैयामा बिक्री हुने बताइएको छ ।

सम्बन्धित सामग्री

कृत्रिम फूलका मालाले ओझेलमा ‘मखमली र सयपत्री’

सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने गरिन्छ । पछिल्लो समय भने गाउँघरतिर मखमली फूल हराउँदै गएको छ ।

गुन्डुमा तिहारका लागि तयार भए मखमली

भक्तपुर सूर्यविनायकभन्दा दक्षिणको स्थान गुन्डुमा तिहारको माहोल देखिन्छ। मखमली फूलका लागि उपत्यकामै चिनिएको ठाउँ हो यो। यहाँ मखमली फूल ढकमक्क फूलेपछि तिहार नजिकिएको संकेत मिल्छ। अझ फूल टिप्न थालेपछिको माहोल झनै बेग्लै। तिहार नजिकिएकाले फूल टिप्न यहाँका किसानलाई भ्याइनभ्याई छ। टिप्नेले माला बनाउनेसम्म फूल पुर्‍याउने र फूल जम्मा पारेर माला…

लोप भयो मखमली फूल

रामपुर । ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर […]

तस्वीर : जलेश्वरमा सयपत्री र मखमली फूल बेच्न बसेका व्यापारी

महोत्तरीको जलेश्वरमा बिहीवार सयपत्री र मखमली फूल र फूलको माला बेच्न बसेका व्यापारी । लक्ष्मी पूजाका दिन सयपत्री फूल घरको झ्याल ढोकामा लगाउनुका साथै लक्ष्मी पूजा गर्न प्रयोग गरिन्छ । तस्वीर ; रासस

फूल टिप्न अर्मपर्म, युरोप–अमेरिका पुग्यो भक्तपुरको मखमली

काठमाडौं, कार्तिक १३ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका फूल किसानलाई यतिखेर भ्याइनभ्याइ छ। तिहार नजिकिएसँगै किसानलाई बारीमा रोपेको मखमली, सयपत्री, गोदाबरीलगायत फूल टिप्न र माला गास्न चटारो छ। बिहान शीतसँगै टिपेका मखमली फूल दिउँसो बेच्नका लागि गाँस्न र अपराह्न पुनः फूल टिप्न सघाउन यहाँका किसान आपसमा अर्मपर्म नै गर्न थालेका छन्। भक्तपुरको ताथली र गुन्डु, […]

मखमली फूल टिप्दै किसान

भक्तपुर, १० कात्तिक । तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान । मखमलीको माला भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दिघायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । तस्बिरः रमेश गिरी/रासस

तस्वीर : गुण्डुमा मखमली फूल टिप्दै एक किसान

तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान । मखमलीको माला भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइ दिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दीर्घायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । तस्वीर : रासस

मखमली फुल्दा...

भक्तपुरको चाँगुनारायण नगरपालिका-९, ताथलीस्थित वनमाला टोल नजिकै बारीमा मखमली फूल टिप्दै कृषक । सबै तस्वीरः रत्न श्रेष्ठ/रासस

मखमली मौसम (फोटो फिचर)

७ कात्तिक, काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुका फूल किसानहरुको चटारो सुरु भएको छ । तिहार आउन दुई हप्ताभन्दा पनि कम समय बाँकी रहँदा मखमली फूल टिप्ने र माला गास्ने काममा उनीहरु व्यस्त देखिन्छन् । गुण्डु क्षेत्रका खेतबारी, करेसाबारीमा मखमली फूल ढकमक्क फूलेका छन् । त्यहाँको वातावरण नै रंगीन देखिन्छ । बिहानपख फूल […]