अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड विजेता भएको छ । चीनको चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिष्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड विजेता भएको बिहीवार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड विजेता भएको छ।

नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या

झापा । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बंगालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौं काँकरभिट्टा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए । मुलुकमै चिया निर्यातबाट वार्षिक ३ अर्बभन्दा बढी रकम भित्रिरहँदा पनि सरकारले स्वदेशमै प्रयोगशाला स्थापनाको पहल नगरेको गुनासो गरे । ‘चिया उद्योगप्रति सरकारको व्यवहार विभेदपूर्ण छ,’ उनले भने, ‘भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पुर्‍याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ ।’ नेपाली चिया उत्पादकहरूले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त प्रयोगशाला खोल्न सरकारसँग पटक पटक माग गरेका छन् । मुलुकभित्र चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको मित्तलले गुनासो गरे । भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेअनुसार वर्षौंदेखि एउटै मूल्यमा नेपाली चिया विक्री गर्न बाध्य भएको उनको भनाइ छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकातास्थित सेन्टर फुड प्रयोगशालामा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउँदै आएको बताए । नेपालको कुल चिया उत्पादनको ९९ प्रतिशत प्रदेश नं १ मै उत्पादन हुने हुँदा चिया परीक्षणको प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको उनको भनाइ छ । मुलुकमै गुणस्तर परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्यसमेत पाउने उनले बताए । नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेको छ । त्यसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बताएको छ । हाल वार्षिक २ करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । कुल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी सबै भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । बोर्डका अनुसार चिया निर्यातबाट वर्षेनि ३ अर्ब ८० करोड रुपैयाँ आर्जन हुने गरेको छ । चिया क्षेत्रमा ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । रासस

चियामा सम्भावना

बढ्दो उच्च आयातबाट अत्तालिएर सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । तर, निर्यातको सम्भावना उच्च भएका वस्तुको उचित प्रवद्र्धनका लागि भने काम गर्न सकेको छैन । यसको एउटा उदाहरण चिया हो । अन्य वस्तुको निर्यात घटेको तथ्यांकले देखाए पनि चियाको निर्यात भने कोरोनाकालमा समेत बढेको देखिन्छ । यूरोपमा निर्यात गर्न सकिने गुणस्तरीय चिया उत्पादन भएर पनि बजारीकरण गर्न नसक्दा अधिकांश निकासी भारततर्फ भइरहेको छ जसबाट नेपालले अपेक्षित लाभ लिन सकिरहेको छैन । चियामा देखिएको सम्भावनालाई उपयोग गर्न किसान, व्यवसायी तथा सरकारी संयन्त्रले अलिकति मात्र मेहनत गर्ने हो भने विदेशी मुद्राको आम्दानी वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि थपिन सक्छन् । नेपालमा चियाखेतीको विकासका लागि सरकारी स्तरबाट प्रयास भएको निकै भइसकेको छ । २०२३ सालमा नेपाल चिया विकास निगमको स्थापना भई चियाखेतीको विस्तार गर्न थालेको देखिन्छ । २०३९ सालमा पूर्वका पाँच जिल्लालाई चियाक्षेत्र घोषणा गरियो । २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो । सरकारका तर्फबाट यी प्रयास भए पनि नेपालको भौगोलिक अवस्थिति र यहाँको हावापानीका कारण चियामा जति सम्भावना छ त्यति यो विस्तार हुन सकेको छैन । चियाको खेती र उत्पादन नबढेको होइन, निर्यात पनि नबढेको होइन तर नेपाली चियाको गुणस्तर अनुसार यसले जति मूल्य र बजार पाउनुपर्ने हो त्यो पाउन सकेको छैन । यसमा नेपालको आफ्नै केही कमजोरी कारण रहेका छन् । तीन वर्षको चिया निकासीको तथ्यांक केलाउँदा यसको निर्यात वृद्धिदर बढ्दो छ । २०७६/७७ मा २ अर्ब ७८ करोड निर्यात भएको चिया चालू आवको ९ महीनामा नै २ अर्ब ३६ करोड बराबरको निकासी भइसकेको छ । तर, निर्यातको ठूलो अंश भारततर्फ भएको छ । यूरोप निकासी हुँदा प्रतिकेजी १२/१३ सय रुपैयाँ मूल्य पाउन सक्ने चियाले भारतमा भने ३ सयको हाराहारीमा मात्रै मूल्य पाएको छ । त्यसैले यसलाई तेस्रो मुलुकमा निर्यात गर्न सरकारले विशेष प्रवद्र्धनात्मक नीति लिनुपर्ने देखिन्छ । नेपाली चिया उत्पादनमा गुणस्तर भए पनि यसमा विषादी प्रयोग गरिएको आरोप लागेको छ । त्यही भएर यूरोपमा राम्रोसँग निर्यात हुन नसकेको बताइन्छ । त्यसो त नेपाली चियालाई विश्वमा आफ्नै ब्रान्डमा चिनाउने प्रयास नभएको होइन । ‘नेपाल टी : क्वालिटी फ्रम द हिमालयाज’ ब्रान्डमा विक्री हुन थालेको छ । विश्वमा नेपाली चियालाई चिनाउन यो ब्रान्ड बनाइए पनि यसलाई स्थापित गराउन सकिएको छैन । यसलाई स्थापित गराउन नेपाली ब्रान्डलाई यूरोप र अमेरिकाले मान्यता दिनुपर्छ । यो मान्यता दिलाउन बोर्डले प्रयास गरे पनि सफल हुन सकेको छैन । बोर्डले पर्याप्त बजेटका अभावमा यो काम गर्न नसकेको देखिन्छ । नेपालले ब्रान्ड मान्यताका लागि दिएको निवेदन यूरोपेली संघले फिर्ता पठाएको छ जबकि नेपाली चियाको सम्भावित सबैभन्दा ठूलो बजार त्यही हो । अमेरिकामा पनि नेपाली ब्रान्डले मान्यता पाएको छैन । भारतले यसलाई मान्यता दिने बताएको छ तर भारतले दिने मान्यताले नेपाली चियालाई खासै फरक पर्ने देखिन्न । नेपाली चिया गुणस्तरीय भएकोमा विवाद छैन । भारतीय व्यवसायीले नेपाली चिया लगेर दार्जलिङ टीको ब्रान्डमा यूरोप पठाउने गरेका छन् भनिन्छ । नेपालको आफ्नै ब्रान्ड भए पनि त्यसले पहिचान बनाउन सकेको छैन । बोर्डले यूरोपको बजारमा यो ब्रान्डको प्रचारका लागि काम गर्न सकेको छैन । सामूहिक ब्रान्ड बनाए पनि ती देशमा दर्ता हुन नसकेकाले यसले काम गर्न नसकेको हो । त्यसैले ब्रान्डलाई स्थापित गराउन नेपालले ठूलै मेहनत गर्नुुपर्ने देखिन्छ । चिया टिप्ने र त्यसलाई प्रशोधन गर्ने तरिकाले पनि यसको मूल्यमा प्रभाव पार्छ । त्यसैले यसलाई आधुनिकीकरण गरिनुपर्छ । नेपाली अर्थोडक्स चियाले बढी मूल्य पाएकाले यस्तो चिया उत्पादनलाई बढी प्रोत्साहन दिनु आवश्यक छ । चियामा देखिएको सम्भावनालाई उपयोग गर्न किसान, व्यवसायी तथा सरकारी संयन्त्रले अलिकति मात्र मेहनत गर्ने हो भने विदेशी मुद्राको आम्दानी वृद्धि हुनाको साथै रोजगारीका अवसर पनि थपिन सक्छन् ।

सुल्झियो नेपाली चियामा लगाइएको भारतीय अवरोध

वीरगञ्ज/विराटनगर । नेपाली चिया निकासीमा भारतीय पक्षले गरेको गैरभन्सार अवरोधले तत्कालका लागि निकास पाएको छ । नेपालले चालेको कूटनीतिक पहलमार्फत काँकडभिट्टा नाकाबाट चिया निर्यात सुचारू भएको हो । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरोकारका निकायमा कूटनीतिक पहल गरिएको थियो । भारतीय पक्ष सहमत भएपछि काँकडभिट्टा नाकामा रोकिएको १८ ट्रक चिया भारततर्फ निकासी भएको छ । नेपालबाट हुने चिया आयातमा अवरोध नगर्न भारतीय पक्ष तयार भएपछि चिया निर्यात भइरहेको मेची भन्सार कार्यालयले बताएको छ । गत मंगलवारदेखि चिया निकासी सुचारू भएको र अहिले दैनिक ३/४ ट्रक चिया भारततर्फ गइरहेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केशवराज ओलीले जानकारी दिए । भारतको वाणिज्य विभागले गत ३ नोभेम्बरमा मातहतका निकायलाई पत्र लेखेर नेपालबाट आउने चियाको गुणस्तरमा प्रश्न उठाएको थियो । विभागले गुणस्तर जाँचलगायत प्रक्रिया पूरा गरेरमात्रै आयात गर्न दिने निर्देशन दिएपछि चिया बोकेका ट्रक नाकामा अड्किएका थिए । नेपालबाट निकासी भएको चियालाई भारतका व्यवसायीले ‘दार्जिलिङ चिया’को ब्रान्डमा भारतीय र विदेशी बजारमा विक्री गर्दै आएका छन् । पछिल्लो समयमा भारतमा चिया उत्पादन बढेपछि गुणस्तरको नाममा अवरोध गरेको नेपाली चिया उत्पादकको दाबी छ । भारतीय पक्षले दार्जिलिड चियाको गुणस्तर खस्किएको भन्दै नेपालबाट आयात हुने चियाको गुणस्तरण परीक्षण गरेरमात्रै भित्र्याउन निर्देशन दिएको थियो । परराष्ट्र मन्त्रालयले भारतको दिल्लीस्थित नेपाली दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासमार्फत चिया निकासीमा सहजीकरणका लागि पहल गरेको थियो । दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयमा यसबारेमा पहल गरेको र भारतीय पक्ष चिया आयात गर्न दिन सहमत भएपछि तत्कालका लागि समस्या सुल्झिएको अधिकारीहरूको भनाइ छ । तत्कालका लागि समस्याले निकास पाए पनि भारतले बेलाबेलामा नेपाली चियामा गैरभन्सार अवरोध गर्दै आएको गुनासो नेपाली उत्पादकको छ । आफ्नो बजारमा उत्पादन बढेपछि भारतले गुणस्तर र सम्बद्ध प्रक्रियाको बहानामा बखेडा झिक्ने नेपाली उत्पादक बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँबराबरको चिया निकासी भएको छ । त्योमध्ये ८० प्रतिशत भारततर्पm निकासी भएको भन्सारको तथ्यांक छ ।

मेची भन्सारमा रोकिएको चियाको निकासी शुरू

विराटनगर । नेपालबाट भारत निकासीका लागि जाँचपास भएको पाँच ट्रक नेपाली चिया भारत निकासी भएको छ । भारतको टी काउन्सिलले नेपाली चियाको गुणस्तर जाँचपासपछि मात्र प्रवेश दिने बताएपछि १ सातादेखि नेपालको चिया मेची नाकामा थन्किएको थियो । मेची भन्सारका प्रमुख भन्सार अधिकृत केशवराज ओलीले पहिले भारतको चिया बोर्डले हेर्दै आएको गुणस्तर अहिले टी काउन्सिलले हेर्न थालेका कारण केही समय गुणस्तर प्रमाणपत्र लिने विषयमा अन्योल भएका कारण नेपालको चिया रोकिएको हो । तर, टी काउन्सिलबाट गुणस्तरको प्रमाणपत्र ल्याएपछि मंगलवारबाट निकासी शुरू भएको उनले बताए । ओलीले भने, ‘मंगलवार २ ट्रक २५ टन चिया लिएर सिलिगुडीतर्पm प्रस्थान गरेको छ भने बुधवार ३६ टन चिया लिएर तीनओटा ट्रक भारतको पानीटंकी नाकातर्पm गएका छन् ।’ नेपालबाट तयार भएर गएको अर्थाेडक्स चियालाई भारतकै व्यापारीले दार्जिलिङ चियाको नाममा विक्री गर्न थालेको गुनासो आएपछि विश्व बजारमा राम्रो छाप बनाएको दार्जिलिङ चियाको बजार खस्कन नदिन भारतको टी काउन्सिलले चासो देखाएको छ । नेपालबाट ८० प्रतिशत चिया भारतीय व्यापारीले किनेर लैजाने गर्छन् । उनीहरूले त्योमध्ये केही स्थानीय बजारमा र केही तेस्रो मुलुकमा विभिन्न ब्रान्डमा विक्री गर्ने गर्छन् । २० प्रतिशत चिया भने नेपालबाट चीन, जापान, जर्मनी, अमेरिका, अस्ट्रेलिया, रसिया र खाडी मुलुक निर्यात भइरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७६/२०७७ मा २ अर्ब ७८ करोड २८ लाख, आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख र चालू आवको ३ महीनामा १ अर्ब १ करोड ४० लाख मूल्य बराबरको चिया भारतलगायत तेस्रो मुलुक निकासी भएको छ । नेपालबाट भारत निकासी हुने चियालाई भारतको विभिन्न तहका सरकार र चिया बोर्डले समेत बेलाबेलामा विभिन्न बखेडा झिकेर रोक्ने गरेका छन् । यसरी नेपाली चिया उत्पादक किसान र व्यापारीहरूलाई विभिन्न बहानामा दुःख दिइरहने गरेको नेपाल टी प्लान्टर्स एशोसिएशनका सल्लाहकार उदय चापागाईंले बताए । बन्दाबन्दीका बेला पनि पश्चिमबंगाल सरकारले नेपालबाट निकासी हुने चिया मेची भन्सारबाट विभिन्न बहानामा निकासी हुन नदिएपछि विराटनगर नाका भएर निकासी गर्नु परेको बताए । उनका अनुसार नेपाल र भारत सरकारबीच चिया, अदुवा, अलैंची, अम्रिसोलगायत कृषि उपजको निकासीमा छुट्टै कूटनीतिक सम्झौता नभएसम्म विभिन्न बहानामा नेपाली चिया र कृषि उपज रोकिइरहने सम्भावना छ । भारत सरकार वाणिज्य एवं उद्योग मन्त्रालय वाणिज्य विभागले कात्तिक १७ गते आफ्ना मातहतका निकायलाई पत्र लेख्दै नेपालबाट दार्जिलिङ चियाको नाम गरेर नेपालबाट कम गुणस्तरको चिया भारत आइरहेकाले गुणस्तर परीक्षण गरेर मात्र निकासीको अनुमति दिन निर्देशन दिएको थियो ।

अर्बौं लगानीको नेपाली चिया विश्व बजारमा

इलामे चियाको सौन्दर्य देख्दा जति आकर्षक छ, पछिल्लो समय यसबाट हुने आम्दानी पनि बढ्दो छ । नेपाली व्यवसायीले गरेको अर्बौं लगानीको प्रतिफल स्वरुप अहिले चिया विश्वका थुप्रै मुलुकमा पुगेको छ । यसबाट अवसर र सम्भावना पनि उसैगरी झाँगिँदैछन् । हरियो चियाको गुणस्तर बढाउन किसान लागि परेका छन् भने उद्योगी लगानी थपेर पूर्वाधार तयार गर्न ।

नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै

स्वदेशी चियाको गुणस्तर उच्च देखिएपछि अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि लोकप्रिय बन्दै माग बढेर निर्यातमा वृद्धि भएको हो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो । नेपाली चियाको गुणस्तर उच्च देखिपछि विश्व बजारमा मागसँगै निर्यातमा समेत वृद्धि भएको व्यवसायीको भनाइ छ ।

निर्यातको सम्भावना बढ्यो

उत्तरी छिमेकी मुलुक चीनमा चिया निर्यातको सम्भावना बढेको छ । चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि निर्यातको सम्भावना उच्च देखिएको हो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो । नेपाली चिया गुणस्तरमा उत्कृष्ट देखिएपछि चीनसँगै अन्तर्राष्ट्रिय बजारमा थप बजार विस्तार गर्ने सम्भावना बढेको सम्बद्ध निकाय र व्यवसायीको छ ।