महुली लघुवित्तले २६ प्रतिश्त बोनस सेयर दिने

काठमाडौं । महुली लघुवित्तले लाभांश घोषण गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई  हाल कायम चुक्ता  पुँजी  २२ करोड ३९ लाख ४४ हजारको  २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षमा...

सम्बन्धित सामग्री

स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

१२ माघ, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर दिने भएको छ । ११ माघ, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको २० प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने […]

नेरुडे लघुवित्तले २२ प्रतिशत बोनस सेयर दिने

नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।लघुवित्तको सञ्चालक समितिको २९९ औं बैठकबाट लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रूपैयाँ रहेको छ ।चुक्ता पूँजीको २२ प्रतिशतले हुन आउने १३ करोड २० लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । यस्तै, कर

फस्ट माइक्रो फाइनान्स लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने भएको हो । १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ ।यस्तै, १ प्रतिशत हुन आउने ९६ लाख ४४ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितिल

जीवन विकास लुघवित्तको ७० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

१७ असार, काठमाडौं । जीवन विकास लघुवित्तले लगानीकर्तालाई दिएको ७० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । अब आफ्नो खातामा आएपछि सेयर लगानीकर्ताले बिक्री गर्न सक्ने छन् । कम्पनीको ४२ लाख ५८ हजार ८०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको वार्षिक साधारणसभाबाट स्वीकृत भएसँगै बोनस सेयर सूचीकृत भएको हो ।

जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाडौं, १६ असार । जनउत्थान सामुदायिक लघुवित्तले २५ प्रतिशत बोनस सेयर सम्बन्धित् सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले २० पुससम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । जनउत्थानको गत ३० पुसमा सम्पन्न […]

नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, ११ फागुन । नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नयाँ सारथीको आगामी वार्षिक साधारण सभाले अनुमोदन […]

किसान लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने

किसान लघुवित्त वित्तिय संस्थाले आफ्ना लगानीकर्तालाई गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।लघुवित्तको ७७ औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने प्रस्ताव गरेको जानकारी दिएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँको २५ प्रतिशले हुन आउने ९ करोड ८२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पा

वोमी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर सदस्यहरुलाई अधिकतम २० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।लघुवित्त सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार लघुवित्तले कुल ८ करोड २३ लाख ८८ हजार ८८० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात ल

ग्लोबल आईएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने

ग्लोबल आईएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षमो मर्जरपछि एकीकृत कारोबार सुरु गरेकोले मर्जरमा दिएको छुटानुसार लाभांशमा लाग्ने कर […]

नेपाल एग्रो लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशतले हुने बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको पाँचौं वार्षिक साधारणसभाले चुक्ता पुँजीको १४ बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साधारणसभाले नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले गर्ने प्राप्ति लगायत अन्य प्रस्तावहरु सर्वसम्मतिले पािरति गरेको हो । वार्षिक साधारणसभाको अवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान […]