नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली खेलाडीलाई अस्ट्रेलियामा लिग खेलका लागि अवसर खोजिनुपर्ने बताए । १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको गुडविल एम्बासडरको रूपमा मेलबर्न आएका उनले नेपाली क्रिकेट जति माथि पुग्यो त्यति एक्सपोजर चाहिने जनाए ।