विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि विधिवत् रूपमा सञ्चालनमा आएको छ । विमानस्थल सञ्चालनमा आएसँगै यसका दुईवटा पक्ष सँगसँगै अगाडि आएका छन् । पहिलो हो, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने यो क्षेत्रका बासिन्दाले पाँच दशकअघि देखेको सपना पूरा भएको छ । अर्को, विमानस्थललाई कसरी पूर्ण क्षमतामा सञ्चालन गरेर यसबाट सामाजिक–आर्थिक लाभ लिने भन्ने चुनौती पनि आजैबाट सुरु भएको […]

सम्बन्धित सामग्री

एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अप्रेसन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बाँकी ३३ विमानले काठमाडौँ बाहिरबाट उडान गर्नुपर्ने निर्णय गरेको थियो । आन्तरिकतर्फ १७ वटा विमानले रात्रिकालीन बेसअनुरुप […]

साउदी पुरानै लयमा, सबै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

दोहा-नेपालीहरूको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरब कोरोना संक्रमण कम हुँदै गएपछि पुरानै लयमा फर्किएको छ । नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि देशका सबै विमानस्थलहरू पूर्ण क्षमतामा उडान सञ्चालन भएको जनाएको छ । जहाँ यात्रुहरूको कोरोना खोप (भ्याक्सिन)को रेकर्ड एउटा एपमार्फत जाँच गरिनेछ । साथै कोरोना संक्रमण अवधिमा रद्द भएका उडान र रद्द भएका टिकटहरूका लागि […]

गौतम बुद्ध विमानस्थल कहिले सञ्चालन होला ?

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा उडान र यात्रुको चाप बढ्दै गएपछि यसको विकल्प खोजेको निकै भयो । सरकार निजगढ विमानस्थल निर्माणको सपना बाँडिरहेको छ तर निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडै सम्पन्न गरेर त्यसको सञ्चालनमा भने चासो देखाइरहेको छैन । सरकारकाले दाबीअनुसार त यतिबेला यो विमानस्थल पूर्ण सञ्चालनमा आइसक्नुपर्ने थियो । निर्माणको गति हेर्दा त्यो सम्भव पनि देखिएको थियो । तर, विमानस्थल निर्माण कार्य छिटो सक्न र उडान शुरू गर्न सरकार तातेको देखिँदैन । कोराना भाइरसको महामारीले यो विमानस्थल निर्माण प्रभावित हुनु सामान्य हो । केही काममा असर परेको पनि छ । त्यसले निर्माण सम्पन्न हुने अवधि धकेलिएको छ । तर, निर्माण सम्पन्न भएमा विमान स्थलको उपयोग कसरी गर्ने तथा सञ्चालनको मोडल के हुने भन्ने गृहकार्य गर्न ढिला भइसकेको छ । यसमा सरकारले देखाएको उदासीनताको परिणति विमानस्थल सञ्चालन केही वर्ष धकेलिन सक्छ । खसमा यतिबेला यहाँ परीक्षण उडान भइसक्नुपर्ने हो तर हुन सकेको छैन । सन् २०१५ बाट निर्माणको तयारी भएको उक्त विमानस्थलमा परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनमा अन्योल भएकोे छ । विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायत क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्नु आवश्यक हुन्छ । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने हुन्छ । तर, यी काममा सरकारको तयारी देखिएको छैन । २०२० को शुरुआती चरणमा नै नियमित उडान सञ्चालनको तयारी भएको यस विमानस्थलको केही प्राविधिक कामबाहेक सम्पूर्ण भौतिक संरचना निर्माण सकिएको छ ।  परीक्षण उडानका लागि यसअघि भएका सम्पूर्ण प्रक्रिया रोकिँदा परीक्षण उडान हुन नसकेको बताइन्छ । परीक्षण उडानका लागि आवश्यक पर्ने विशेष विमान ल्याउने सम्झौता भएको छ । तर, त्यसअनुसार विमान आउन सकेको छैन । अन्य देशबाट परीक्षण उडानका लागि आवश्यक पर्ने विमान ल्याउने तयारी भएको बताइए पनि ठोस परिणाम देखिएको छैन । पटक÷पटक उद्घाटनको मिति तोकिए पनि हालसम्म परीक्षण उडान हुन सकेको छैन । अर्बौं लगानीमा भएको विमानस्थल परीक्षण उडान छिटो गरी सञ्चालनमा ल्याए आपत्कालीन अवस्थामा यसको प्रयोग गर्न मिल्छ । कोरोनाका कारण विश्वभरिकै वायु सेवा प्रभावित भएकाले यहाँबाट तत्कालै नियमित उडानको सम्भावना देखिँदैन । तैपनि आपत्कालीन अवस्थामा यसको प्रयोग हुन सक्छ । आगामी आवका लागि बिस्तारै योजना बनाउन पनि परीक्षण उडान गरी यसलाई सञ्चालनमा ल्याउन ढिला गर्नु हुँदैन । रमेश अधिकारी हात्तीगौडा, काठमाडौं ।

‘गौतम बुद्ध विमानस्थल पूर्ण सञ्चालन होस्’

निजी क्षेत्रका व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् । २५६७औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० समारोहका क्रममा लुम्बिनी आउनुभएका प्रधानमन्त्री प्रचण्डलाई विमानस्थल सञ्चालनका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको हो । ।