काठमाण्डाै - नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ ।
धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । अब पाँच जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ ।
बारा, पर्सा, रौतहट, सप्तरी र रसुवाको क्रियाशील सदस्यता विवाद मिलाउन बाँकी रहेको र विवाद लगभग टुङ्गिन लागेको उहाँले बताउनुभयो । कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवर...