बजेटले समाजवादी लक्ष्य पूरा गर्ने अर्थमन्त्रीको विश्वास

सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात गरेको समाजवादी लक्ष्य पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ ।  प्रतिनिधिसभा बिहिबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफमा अर्थमन्त्री डा.युवराज खतिवडाले संविधान प्रदत्त ...

सम्बन्धित सामग्री

राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ । काठमाडौँमा बिहीबार भन्सार विभागको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । भन्सार विभागको कार्यक्रममा बोल्दै उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएका हुन् । अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौती […]

बजेट लक्ष्य पूरा हुने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

१८ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्य पूरा गर्न आजैदेखि काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित आव २०८०/८१ को वार्षिक प्रगति …

राजस्व संकलनको लक्ष्य पूरा हुने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

यस वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले निर्देशन दिएका छन् ।

राजस्व संकलन लक्ष्य पूरा हुने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

१४ साउन, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को राजस्व संकलन लक्ष्य पूरा हुने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । गत आव २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थ …

अवैध व्यापार र अर्थमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक रूपमा नै यो आर्थिक वर्षमा राजस्व लक्ष्य पूरा नहुनुको दोष अवैध व्यापारलाई दिएपछि गम्भीर प्रश्न उठेको छ । मुलुकको जिम्मेवार व्यक्ति अर्थमन्त्रीले नै अवैध व्यापारले प्रश्रय पाएको र यही कारण राजस्व घटेको भन्नु गम्भीर विषय हो । यसले करिब ६ महिनादेखि भन्सार नाकाहरूमा मिलेमतो गरी राज्य लुट्ने काम भइरहेको त थिएन […]

कार्यालयको क्षमता वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरूलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि  गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्।  आर्थिक वर्ष २०७८-७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले […]

कार्यालयको क्षमता वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि  गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्।  बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८/७९ को प्रगति समीक्षा एवम मन्त्रालय स्तरिय बिकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बताए ।अहिलेको काम गर्ने मुख्य औजार

खर्च बढाउन अर्थमन्त्रीको ताकेता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष (आव) २०७८/७९ को बाँकी ६ महीनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयका सचिवहरूलई आग्रह गरेका छन् । मंगलवार मन्त्रालयमा आव २०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई उक्त आग्रह गरेका हुन् । आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्दै शर्माले जसरी पनि खर्च गर्न आग्रह गरे । ‘आर्थिक वर्षको ६ महीना बितिसक्यो । बाँकी ६ महीनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि मैले रातको १२ बजे पनि तपाईंहरूलाई सहयोग गर्न तयार छु ।’ मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गरे । ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने बताए । विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै शर्माले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भएकाले अब डिजिटल माध्यममा लैजानुपर्ने बताए । ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा २/४ दिन जान्छ । यहाँ पनि समय गइरहेको छ,’ उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्‍यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्‍यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’ सोमवारसम्मको तथ्यांकअनुसार पूँजीगत खर्च ९ दशमलव ३९, चालू खर्च ३८ दशमलव ९ र वित्तीय खर्च २५ दशमलव ४१ प्रतिशत खर्च भएको छ । समग्रमा हालसम्म २९ दशमलव ११ प्रतिशत बजेट खर्च भइसके पनि विकास खर्च निराशाजनक हुँदा सरकारको आलोचना हुँदै आएको छ । सार्वजनिक खर्चलाइ मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०७८ जारी गर्दै पहिलो ३ महीनामा १० प्रतिशत र त्यसपछिका हरेक महीना १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने योजना मन्त्री शर्माले अघि सारेका थिए । तर, चालू आवको ६ महीनासम्म खर्चको स्थिति कमजोर रहेको छ । सरकारले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । अहिलेसम्मको खर्चको स्थिति र आर्थिक सूचकांकहरूलाई हेर्दा लक्ष्य पूरा हुने अर्थमन्त्री शर्माले दाबी गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले भने निर्धारित लक्ष्यमा पुग्न मुश्किल हुने बताउँदै आएको छ । हालै संसद्को सार्वजनिक लेखासमितिमा देशको वर्तमान अवस्था प्रस्तुत गर्दै राष्ट्र बैंकका गनर्भर महाप्रसाद अधिकारीले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य भेटाउन अत्यन्तै कठिन रहेको बताएका थिए । आर्थिक वृद्धि लक्ष्यअनुरूप प्राप्त नहुने गभर्नरले भनिरहँदा अर्थमन्त्री शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले तोकिएको लक्ष्य प्राप्त हुने दाबी गरेका थिए । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश बजेटमार्फत ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेका थिए । तर, शर्माले प्रतिस्थापन बजेटमार्फत थप शून्य दशमलव ५ प्रतिशत बिन्दु बढाएर आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको थियो ।

चार महिनामा २० प्रतिशत पुँजीगत खर्च गरिसक्ने लक्ष्य, तर ५ प्रतिशत पनि भएन

मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको घोषणा र सरकारी मापदण्ड पूरा भएन, पहिलो त्रैमासको लक्ष्य भेटिएन गत वर्षभन्दा झन् घट्यो पुँजीगत खर्च : गत आवको पहिलो त्रैमासमा सरकारले ४.२६ प्रतिशत पुँजीगत...