राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ । काठमाडौँमा बिहीबार भन्सार विभागको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।