काठमाडौँ : फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ।माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहेको मस्यौदा समिति बनाइएको जानकारी दिए। प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने बताए।बिहीवार बिहान बसेको पदाधि