यूएईमा रानाभाट तथा भाट समाज गठन

गत शुक्रबार वरदुबईको नेपाली ट्राभल एन्ड टुरिजममा सम्पन्न रानाभाट तथा भाट बन्धुहरुको भेलाले यूएईमा रानाभाट तथा भाट समाज गठन गर्ने निर्णय गर्दै तदर्थ समिति गठन गरेको छ । होम रानाभाटको अध्यक्ष्यतामा बसेको भेलाले थमन सिङ्ग रानाभाटको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति र ५ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ ।