स्थिर देखियो नेप्से : लघुवित्त र बिमाले कमाउँदा बैंकिङले किन गुमाए ?

१७ माघ, काठमाडौं । कोरोना त्रासकाबीच खुलेको सेयर बजारमा एक किसिमको रौनक नै आयो । अझ दशैं तिहार पछि त सेयर बजारमा बहार नै आएको छ । माघको दोस्रो साता भने लगानीकर्ताहरुका लागि बजार धेरै फलदायी हुन सकेन । माघको पहिलो साता ५३ अंक भन्दा धेरैले वृद्धि भएको सेयर कारोबार मापक नेप्से परिसूचक दोस्रो साता […]

सम्बन्धित सामग्री

यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।  यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।  यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् । अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ । अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो  यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।  हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ । यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

२३ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार १२.९२ अंकले घटेको बजार २०६५.७८ बिन्दुमा आएर रोकिएको छ । सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ । सोमबार सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताले गुमाए । सोमबार […]

सातामा ५ कारोबार दिननै घट्यो शेयर बजार, लगानीकर्ताहरूले गुमाए २ खर्बभन्दा बढी

जेठ २१, काठमाडौं । धितोपत्र दोस्रो बजार यो साताको कारोबारमा निरन्तर पाँच कारोबार दिन घटेर २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार २२३ दशमलव ७८ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १४५ दशमलव शून्य ८ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिनदेखिनै बजार निरन्तर घटिरहेको छ । गत साताको अन्तिम कारोबार दिन १५ दशमलव ८२ अंकले बजार घटेको थियो ।  यसै साता सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको थियो । बजेट सार्वजनिक भएको भोलिपल्ट सोमवारको कारोबारमा नेप्से परिसूचक ५० दशमलव ३३ अंकले घटेको हो ।  मंगलवार ३५ दशमलव ५३ अंक, बुधवार ७ दशमलव १९ अंक, बिहीवार १८ दशमलव २६ अंक र शुक्रवार ३३ दशमलव ७६ अंक बजार घटेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि यो साता घटेको छ । गत साता ४३३ दशमलव शून्य ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४०३ दशमलव ४८ विन्दुमा झरेको हो ।  निरन्तर घटेको यो साता लगानीकर्ताहरूले रू. २ खर्ब ६ अर्ब ५४ करोड २८ लाख गुमाएका छन् । गत साता रू. ३१ खर्ब ६६ अर्ब २ करोड ९५ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. २९ खर्ब ५९ अर्ब ४८ करोड ६३ लाखमा झरेको हो । यो नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स र कुल बजार पूँजीकरण घटेपनि कारोबार रकम र कारोबार कित्ता भने बढेको देखिन्छ । निरन्तर घटेको बजारमा आत्तिएर शेयर विक्री गर्ने बढ्दा बजारमा नकरात्मक प्रभाव परेको ब्रोकरहरु बताउँछन् ।  बजेटमा पूँजीबजार सुधारका नयाँ विषयको अपेक्षामा रहेका लगानीकर्ता धेरै जसो पुरानौ कुरा दोहोरिदा निराश बनेको ब्रोकरहरुको बुझाई छ । गत साता रू. ५ अर्ब ६९ करोड १७ लाखभन्दा बढीको १ करोड ६१ लख ७८ हजार १४४ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता रू. ६ अर्ब २० करोड ३९ लाखभन्दा बढीको १ करोड ७६ लाख ६१ ह्जार ७३५ कित्ता धितोपत्र खरीदविक्री भएको हो । निरन्तर घटेको बजारमा यो साता सबै समूहगत उपसूचकहरु समेत घटेका छन् । यो साता सर्वाधिक उपसूचक व्यापारिक समूहको घटेको छ । व्यापारिक समूहको उपसूचक सर्वाधिक ११ दशमलव ४३ प्रतिशत घटेको हो ।  त्यस्तै निर्जीवन बीमाको १० प्रतिशत, जीवन बीमाको ८ दशमलव ५१ प्रतिशत, अन्य समूहको ६ दशमलव ९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ६ दशमलव ९० प्रतिशत, बैंकिङको ६ दशमलव ५४ प्रतिशत, लगानी समूहको ५ दशमलव ८९ प्रतिशत उपसूचक घटेको छ । यसैगरी लघुवित्त समूहको ५ दशमलव ५४ प्रतिशत, विकास बैंकको ५ दशमलव ४२ प्रतिशत वित्त समूहको ५ दशमलव २३ प्रतिशत, जलविद्युतको ४ दशमलव ९६ प्रतिशत, होटल्स तथा पर्यटनको ४ दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको ३ दशमलव ६५ प्रतिशत उपसूचक घटेको छ ।

यो साता ७९.९५ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताले १ खर्बभन्दा बढी गुमाए

चैत २६, काठमाडौं । यो साता नेप्से परिसूचक ७९ दशमलव ९५ अंक घटेको छ । पछिल्लो समय २ हजार ८४८ दशमलव ८४ विन्दुदेखि ओरालो लागेको नेप्से परिसूचक २ हजार ४६४ दशमलव ३५ विन्दुमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ५४४ दशमलव ३० विन्दुमा रहेको थियो । अघिल्ला सातासम्म बढ्दै घट्दै गरेको नेप्से परिसूचक गत सातादेखि निरन्तर ओरालो लागेको हो । गत सातादेखि यो साताको अन्त्यसम्मको कारोबारमा नेप्से परिसूचक दुई दिन मात्र बढेको छ । यो साता अन्तिम कारोबार दिन बजार ३५ दशमलव ६९ अंकले बढेर बन्द भएको छ । साताको बजारका सूचकहरुको अवस्था : स्रोत : नेपाल स्टक एक्सचेञ्ज बजार निरन्तर घटेर न्यून विन्दुमा आएकाले सस्तोमा शेयर खरीद गर्ने सक्रिया हुँदा बिहीवार बजारमा सुधार देखिएको ब्रोकरहरुको भनाइ छ । देशको अर्थतन्त्र विग्रदै गएको अवस्थामा सरकारले सुधारको पहल गर्ने आशामा लगानीकर्ता रहेको ब्रोकरहरुको बुझाइ छ । बिहीवार बजार सुधारिनुलाई लगानीकर्ताहरुले भने अब बजार फर्किएको संकेत गरेका छन् । पूँजीबजार विश्लेषक विण्णु प्रसाद बस्यालले अब बजार माथीनै जाने विश्लेषण गरेका छन् । बजार सपोर्ट जोनलाइतिर आइसकेकाले अब पनि तल झर्ने सम्भावना कम रहेको उनको विश्लेषण छ । कम जोखिम मानिने वाणिज्य बैंकको शेयरमूल्य निकै तल आएकाले अवको दिनमा यो क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्ने अनुमान उनले गरे । बजारको सर्वाधिक हिस्सा ओगटेको वाणिज्य क्षेत्रको शेयर खरीद चाप बढ्दा समग्र बजारलाई सकारात्मक प्रभाव पार्ने तर्क बस्यालले गरेका छन् ।  समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक घटेको यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७२ अंक घटेको छ । गत साता ४७५ दशमलव ४७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४६३ दशमलव ७५ विन्दुमा झरेको हो । कारोबार पनि गत साताभन्दा यो साता कम भएको छ । गत साता रू. १३ अर्ब ४२ करोड ५७ लाखभन्दा बढीको २ करोड ६० लाख ६१ हजार ६१५ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता रू. ९ अर्ब ८३ करोड ४१ लाखभन्दा बढीको २ करोड २३ लाख ४९ हजार ५११ कित्ता मात्र धितोपत्र कारोबार भएको हो । गत साताभन्दा यो साता रू.३ अर्ब ५९ करोड १५ लाख बराबरको ३७ लाख १२ हजार १०४ कित्ता कम धितोपत्र कारोबार भएको हो । यो साता लगानीकर्ताहरुले रू. १ खर्ब १३ अर्ब ५१ करोड ११ लाख गुमाएका छन् । गत साता रू. ३६ खर्ब १२ अर्ब २७ करोड २२ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३४ खर्ब ९८ अर्ब ७६ करोड २३ लाखमा झरेको हो । नेप्से परिसूचक ओरालो लाग्दा सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा कमि आउँदा कुल बजार पूँजीकरण घट्न पुगेको हो ।  होटल्स तथा पर्यटन समूह बाहेक सबै समूहको उपसूचक घट्यो  यो साता कारोबारमा आएका १३ ओटा समूहगत उपसूचकहरुमध्ये होटल्स तथा पर्यटन समूहको मात्र उपसूचक बढेको छ भने बाकी समूहको घटेको छ । होटल्स तथा पर्यटन समूहको उपसूचक यो साता १ दशमलव ९१ प्रतिशत बढेको हो । गत साता ३ हजार ८२ दशमलव १४ विन्दुमा रहेको होटल्स तथा पर्यटन समूहको उपसूचक यो साता ३ हजार १४० दशमलव ८६ विन्दुमा पुगेको हो ।  गत साताको तुलनामा यो साता निर्जीवन बीमा समूहको सर्वाधिक ६ दशमलव ५५ प्रतिशत उपसूचक घटेको छ । यस आधारमा यो साता सर्वाधिक गुमाउनेमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरु रहेका छन् । पूँजी बृद्धिको अभियान चर्चामा रहेको अवस्थामा निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा भने खासै प्रभाव परेको देखिदैन ।  यो साता निर्जीवन बीमा समूहपछि वित्त समूहको ५ दशमलव १७ प्रतिशत, ब्यापारिक समूहको ४ दशमलव ५३ प्रतिशत, जलविद्युत समूहको ४ दशमलव १८ प्रतिशत, लगानी समूहको ४ दशमलव १२ प्रतिशतले घटेको छ । यसैगरी जीवन बीमा समूहको ४ दशमलव शून्य ३ प्रतिशत, अन्य समूहको ४ दशमलव शून्य २ प्रतिशत, विकास बैंक समूहको २ दशमलव २५ प्रतिशत, लघुवित्त समूहको २ दशमलव ९८ प्रतिशत, बैंकिङ समूहको १ दशमलव ८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४० प्रतिशत र म्चुचुअल फण्ड समूहको १ दशमलव शून्य ९ प्रतिशत उपसूचक घटेको छ ।  सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई शुक्रवार निलम्बन गरेसँगै पूँजीबजार क्षेत्रका लगानीकर्ताहरुले मिश्रित प्रतिक्रियाहरु व्यक्त गरेका छन् । कतिपय लगानीकर्ताहरुले गर्भनरलाई ढिलै भएपनि निलम्बन गरेर स्वागतयोग्य निर्णय गरेको भनी प्रतिक्रिया दिएका छन् भने कतिपयले आर्थिक संकटको समयमा गभर्नरलाई निलम्बन गरेर गलत कदम चालेको बताएका छन् । ता पनि सरकारको यो कदमप्रति पूँजीबजार क्षेत्रले आगामी दिनमा कसरी हेर्छ र मूल्यांकन गर्छ त्यसमा नै आधारित भएर साताको पहिलो कारोबार दिन आइतवार बजार अगाडि बढ्ने देखिएको छ । साताव्यापी समूहगत परिसूचकमा भएको थपघट : स्रोत : नेपाल स्टक एक्सचेञ्ज

२६१०.५८ विन्दुमा नेप्से, हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक गुमाए

फागुन १६,काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक ४३ दशमलव १२ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ६१० दशलमव ५८ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर ५४ हजार १२१ पटकमा रू. ३ अर्ब ६६ करोड १ लाख ९ हजार ६७ मा खरीदविक्री भएको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चर ०८२/ ८३ नामक डिबेञ्चरको मूल्य २ प्रतिशत वृद्धि भएर रू.१ हजार २० कायम भएको छ ।  त्यसैगरी दोस्रोमा सनराइज ब्लूचिप फण्डको इकाई मूल्य १ दशमलव ६५ प्रतिशत बढेर रू. ८ दशमलव ६० कायम भएको छ । त्यसैगरी सोमवार तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । यी दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनमा १० प्रतिशत घटेसँगै नेकारात्मक सर्किट लागेको हो । यो दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०९ दशमलव २० र सामलिङ पावर कम्पनीको रू. ७११ मा झरेको छ ।  त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री भने अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १६ करोड ९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४९८ दशमलव ९० कायम भएको छ । यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । उक्त कम्पनीको रू.१४ करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका १३ ओटा समूहकै समग्र परिसूचक घटेसँगै नेप्से परिसूचक पनि घटेको छ । सोमवार सबैभन्दा बढी हाइड्रोपावर समूहका लगानीकर्ताले गुमाएका छन् । उक्त समूहको परिसूचक ३ दशमलव शून्य ९ प्रतिशत घटेसँगै लगानीकर्ताले धेरै गुमाएका छन् । आइतवार भने एमसीसी सम्झौता पारित हुने खबरले हाइड्रोपावर समूहको परिसूचक बढेको थियो ।   त्यसैगरी समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसुचक शून्य दशलमव ९१ प्रतिशत, व्यापार समूहको २ दशमलव ९५ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८४ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ६३ प्रतिशतले घटेको छ । त्यस्तै वित्त समूहको २ दशमलव शून्य ६ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव २५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको २ प्रतिशत,अन्य समूहको १ दशलमव ५३ प्रतिशत,लघुवित्त समूहको १ दशमलव २३ प्रतिशत,जीवन बीमा समूहको २ दशमलव शून्य ९ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव १३ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव १७ प्रतिशतका दरले घटेको छ ।  त्यसो त अहिले धमाधम बोनस शेयर सूचीकृत भइरहेको छ । यसले गर्दा बजारमा थप शेयर वितरण हुने देखिन्छ । अझै वित्तीय प्रणालीमा सहजरुपमा तरलता उपलब्ध हुन सकिरहेको छैन । र यहि बीचमा बैंकहरुले पनि ब्याजदर वृद्धि गरेका छन् । यी कारणले गर्दा पनि शेयर बजार प्रभावित भएको जस्तो देखिएको छ ।

१००.६७ अंकले घटेको बजारमा यी पाँच ओटा कम्पनीका शेयरधनीले सर्वाधिक गुमाए !

फागुन १, काठमाडौं । आइतवार शेयर बजार १०० दशमलव ६७ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ७०० दशमलव ८९ विन्दुमा झरेको हो ।  यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्यमा उच्च गिरावट आएको छ । अपर तामाकोशी हाइड्रोपावर, नारायणी डेभलपमेण्ट बैंक, शिवश्री हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका हुन् । यी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव ३७ प्रतिशत घटेको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४६ कायम भएको छ । त्यसैगरी दोस्रोमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ८ दशमलव २६ प्रतिशत, शिवश्री हाइड्रोपावरको ७ दशमलव ७५ प्रतिशत, विन नेपाल लघुवित्त वित्तीय संस्थाको ७ दशमलव ५९ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको ७ दशमलव ५२ पतिशत  घटेको छ । बैंक तथा वित्तीय संस्थाले फागुन महीनाका लागि ब्याजदर बढाएसँगै यसको नकारात्मक प्रभाव शेयर बजारमा बढेको हो ।  सोही कारण यी कम्पनीका शेयरका क्रेताभन्दा विक्रेता हावी भएकाले शेयरमूल्य घटेको हो । नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य रू. ५००, शिवश्री हाइड्रोपावरको शेयरमूल्य रू. ३४५, विन नेपाल लघुवित्तको रू. १ हजार ५७० र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य रू. ६१५ कायम भएको छ ।

यो साता १५१.३६ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताले २ खर्बभन्दा बढी गुमाए

माघ १५, काठमाडौं। यो साता धितोपत्र दोस्रो बजारका सबै सूचकहरु नकारात्मक देखिएका छन् । गत साताको तुलनामा यो साता नेप्से परिसूचकसँगै समग्र समूहगत परिसूचकमा पनि कमि आएको हो । गत साताको भन्दा यो साता नेप्से परिसूचक १५१ दशमलव ३६ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ९३१ दशमलव ३४ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ७७९ दशमलव ९८ विन्दुमा झरेको हो । यो साता पाँच कारोबार दिनमा अन्तिम दिन मात्र बजार ३ दशमलव ३३ अंकले बढेको छ । पहिलो दिनदेखि चौथो दिनसम्म बजार निरन्तर घटेको थियो । पहिलो दिन १० दशमलव ८३ अंक, दोस्रो दिन ९९ दशमलव ८६ अंक, तेस्रो दिन ५ दशमलव ५९ अंक र चौथो दिन ३८ दशमलव ४२ अंक बजार घटेको हो । पछिल्लो समय करीब दुई महीनामा बजार ६७१ अंकभन्दा माथि पुगेको थियो । यो बीचमा नाफा कमाएकाहरुले नाफा बुक गर्दा पछिल्लो समय बजार प्रभावित बनिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजीको अभावका कारण पनि पूँजीबजारमा लगानी घटेको हो । यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २५ दशमलव शून्य २ अंकले घटेको छ । गत साता ५४३ दशमलव ७४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१८ दशमलव ७२ विन्दुमा झरेको हो । गत साता रू. ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार बराबरको ७ करोड ६५ लाख ६० हजार ६२७ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार बराबरको ५ करोड ७५ लाख ८६ हजार ६९२ कित्ता मात्र शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता रू. ८ अर्ब ८४ करोड ४७ लाख ९७ हजार बराबरको १ करोड ८९ लाख ७३ हजार ९३५ कित्ता कम शेयर कारोबार भएको हो । चार कारोबार दिन घटेको बजारबाट यो साता लगानीकर्ताहरुले रू. २ खर्ब १३ अर्ब ८९ करोड ६६ लाख बराबरको सम्पत्ति गुमाएका छन् । गत साता रू. ४१ खर्ब ४२ अर्ब ५३ करोड रहेको कुल बजार पूँजीकरण यो साता रू. ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाखमा झरेको हो । यो साता विकास बैंक र वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाए यो साता कारोबारमा आएका सबै समूहगत परिसूचकहरु गत साताको तुलनामा घटेका छन् । १३ समूहमध्य यो साता विकास बैंक र वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन । यो साता वित्त समूहको ८ दशमलव ८५ प्रतिशत, विकास बैंकको ८ दशमलव ११ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै जलविद्युत समूहको ७ दशमलव ३० प्रतिशत , लगानी समूहको ६ दशमलव ४७ प्रतिशत, व्यापारिक समूहको ६ दशमलव ३१ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ५ दशमलव ७२ प्रतिशत , बैंकिङ्ग समूहको ५ दशमलव ३२ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव ७७ प्रतिशत परिसूचक घटेको छ ।  यस्तै निर्जीवन बीमाको ३ दशमलव ७६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ५५ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ४३ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव २८ प्रतिशत र अन्य समूहको २ दशमलव ५० प्रतिशत परिसूचक घटेको छ ।

३८.४२ अंकले घट्यो नेप्से परिसूचक, वित्त समूहका लगानीकर्ताले सवैभन्दा धेरै गुमाए

माघ १२, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव ४२ अंकले घटेको छ ।  यो दिन नेप्से परिसुचक २ हजार ७७६ दशमलव ६५ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २३३ ओटा धितोपत्रको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ६१ हजार ४  पटकमा रू. ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ दशमलव १७ मा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रहरु मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार २१६ दशलमव ६० र बुद्धभुमि नेपाल हाइड्रोपावरको रू. ४६३ दशमलव २० पुगेको हो ।  त्यसैगरी यो दिन बुधवार सबैभन्दा बढी पोखरा फाइनान्सका शेयरधनीले गुमाएका छन् । अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ५ दशमलव ५९ प्रतिशतले शेयरमूल्य घटेसँगै कम्पनीको शेयरधनीले सर्वाधिक गुमाएका छन् । शेयर मूल्य प्रतिकित्ता रू.५५६ मा झरेको हो । त्यसैगरी दोस्रोमा सेन्ट्रल फाइनान्सको शेयरमूल्य ४ दशमलव २८ प्रतिशत घटेर प्रतिकित्ता रू.४७० कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । यो दिन कम्पनीको रू. १६ करोड ७७ लाख ५७ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५१२ कायम भएको छ । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू. १३ करोड ५५ लाख ६७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो ।  यो दिन सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । उक्त समूहको परिसूचक २ दशमलव ४२ प्रतिशत घटेको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक १ दशमलव २४ प्रतिशत, व्यापार समूहको परिसूचक १ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशलमव १६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ६९ प्रतिशतले घटेको छ ।  यस्तै हाइड्रोपावर समूहको १ दशमलव ५९ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ११ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७५ प्रतिशत,अन्य समूहको १ दशमलव १४ प्रतिशत,लघुवित्त समूहको १ दशमलव १७ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव ६९ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव १२ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव १७ प्रतिशतका दरले घटेको छ ।    अघिल्लो  साता ३ हजारभन्दा माथि पुगेको नेप्से  यो दिन २ हजार ८०० मुनि झरेको छ । सामान्य उतारचढाव भएकाका कारण यो साताको शुरुवातदेखि नै नेप्से ओरालो लागिरहेको छ ।

नेप्सेमा भारी गिरावट आउँदा लगानीकर्ताले एकै दिन गुमाए १ खर्ब ४१ अर्ब

आज सोमबार शेयर लगानीकर्ताको सम्पति झन्डै डेढ खर्बले घटेको छ । बजार पुँजीकरणको हिसाबमा आज लगानीकर्ताको सम्पति १ खर्ब ४१ अर्ब १२ करोडले घटेको हो ।हिजो आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत कम्पनीहरुको बजार पुँजीकरण ४१ खर्ब २७ अर्ब २३ करोड रहेकोमा आज सोमबारको कारोबारपछि बजार पुँजीकरण घटेर ३९ खर्ब ८६ अर्ब ११ करोड पुगेको छ । कम्पनीहरुको पब्लिक शेयरको आधारमा गणना हुने फ्लोट मार्केट क्यापिटलाईजेसन पनि ५० अर्ब २६ करोडले घटेको छ  । आइतबार १४ खर्ब ४१ अर्ब रहेको फ्लोट मार्केट क्यापिटलाईजेसन आज घटेर १३ खर्ब ९१ अर्ब पुगेको छ । आज नेप्से सूचक १०० अंकले घटेपछि बजार पुँजीकरणमा पनि ठूलो गिरावट आएको हो । आज नेप्से सूचक ३.४३ प्रतिशत अर्थात् १००.१० अंकले घटेर २८२०.४१ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर खरीद बिक्रिबाट ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबैभन्दा धेरै ३८ करोड ३४ लाख, एनआईसी एसिया बैंकको ३६ करोड ७३ लाख , अरुण भ्याली हाइड्रोको ३० करोड ४९ लाख तथा अपर तामाकोशीको २० करोड २६ लाखको कारोबार भएको छ ।आज विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मुल्य १० प्रतिशतले बढेको छ । आज कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य सबै भन्दा धेरै ७.८१ प्रतिशत, माउन्टेन हाइड्रोको शेयर मूल्य ७.७१ प्रतिशत, आशा लघुवित्तको शेयर मूल्य ७.१० प्रतिशत, ओरियन्टल होटेलको शेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये विकास बैंक समुह ४.५० प्रतिशतले, हाइड्रो समुह ४.४५ र फाइनान्स समुह ४.३० प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये ६ कम्पनीको मात्र मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ ।

हाइड्रोपावरले उचाल्यो सेयर बजार, लघुवित्त र बिमाका लगानीकर्ताले गुमाए

९ फागुन, काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ३ दशमलव ६६ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ४० दशमलव ३४ …