ओखलढुंगा । जिल्ला अस्पताल ओखलढुंगामा कोशी प्रदेश सरकारले स्वीकृत दरबन्दीअनुसारको कर्मचारी नखटाउँदा अस्पताले सर्वसाधारणका लागि प्रवाह गर्दै आएको सेवामा प्रभाव परेको छ । अस्पतालमा प्रदेश सरकारले दरबन्दीका कर्मचारी नखटाएकाले जिल्लाको एक मात्रै सरकारी अस्पताल सञ्चालनमा कठिनाइ आएको छ । एक जना मेडिकल सुपरटेन्डसहित ३० जनाको दरबन्दी रहेको अस्पतालमा ११ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ […]