काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले विवाद नै नसुल्झाइ कसरी चुनाव हुन्छ भनेर निर्वाचन आयोगलाई सोधेको छ । आफ्नो समूहमा ६४ प्रतिशत मत रहेको दाबीसहित नेकपाको प्रचण्ड–माधव समूहले पहिला विवाद समाधान गर्न आयोगलाई सुझाव दिएको छ । निर्वाचन आयोगले आचारसंहिताबारे आइतवार (आज) गरेको छलफलमा नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले विवाद समाधान गरेर मात्रै चुनावमा जानुपर्नेमा जोड दिएको जानकारी दिनुभयो । छलफलका लागि आयोग पुगेको नेकपाको प्रचण्ड–न...