जेठ १६, काठमाडौं । प्राइम कमर्सियल बैंकले अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलाई नै निरन्तरता दिएको छ ।
कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुञ्जेल सम्मका लागि सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।