जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको नेतामा चयन भएको भन्दै वरिष्ठ नेता राजेन्द्र महतोलाई बधाई दिएका छन् ।
ठाकुर-महतो पक्षीय सांसदहरूको बिहीवारको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको शुक्रवार मात्र सार्वजनिक भएको थियो ।
अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने उक्त बैठकमा सहभागी थिएन ।