दशैंका लागि तीन हजार च्यांग्रा र खसी ल्याउँदै सरकार, मूल्य निर्धारणमा भने अलमल

काठमाडौँ– दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ । कोरोना भाइरस महामारीले बजार प्रभावित भए पनि दशैंमा खसी, बोका र च्यांग्राको अभाव नहुने कम्पनीले जनाएको छ । महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरेसँगै विभिन्न क्षेत्रका उद्योग, व्यवसाय प्रभावित भएका छन् । तर, पछिल्लो समयमा […]

सम्बन्धित सामग्री

यस्तो छ खसी, बोका र च्यांग्राको सरकारी मूल्य (तस्बिरहरू)

काठमाडौं, कार्तिक १ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ। कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसी, बोका र च्यांग्रा बेच्न थालेको हो। कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी–बोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ५० रुपैयाँमा […]

दशैंका लागि खसीबोका र च्यांग्रा रोजीरोजी [तस्वीरहरू]

काठमाडौं । सरकारले दशैंका लागि खसीबोका र च्यांग्राको विक्री थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (मंगलवार)देखि सहुलियत दरमा खसीबोका र च्यांग्राको विक्री शुरु गरेको हो ।  विक्री शुरु भएसँगै कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयमा ग्राहकको घुइँचो लागेको छ । विक्री थालिएको पहिलो दिन ग्राहकले रोजीरोजी खसीबोका र च्यांग्रा किनेका छन् ।  कम्पनीले जिउँदो खसीबोकाको मूल्य छूटसहित प्रतिकेजी ६७० रुपैयाँ र जिउँदो च्यांग्राको मूल्य छूटसहित प्रतिकेजी १ हजार २५० रुपैयाँ तोकेको छ । खसीबोका र च्यांग्रामा प्रतिकेजी १० रुपैयाँ छूट दिइएको कम्पनीले जनाएको छ ।  कम्पनीले दशैंका लागि देशका विभिन्न स्थानबाट १ हजार च्याङ्ग्रा र २ हजार खसीबोका काठमाडौं भित्र्याएको हो । अन्य समयभन्दा दशैंमा काठमाडौंमा खसीबोका र च्यांग्राको माग उच्च हुने गरेको छ ।

दसैंका खसीबोका र च्यांग्रा आजबाट काठमाडौं भित्रिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न ठाउँबाट दसैंका लागि सहुलियत मूल्यमा बिक्री गर्न संकलन गरेको खसिबोका र च्यांग्रा सोमबार (आज)देखि धमाधम काठमाडौं भित्रिने भएको छ । मूल्य निर्धारण पनि आजै, बिक्री मंगलबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालिको दसैंमा २ हजार खसी, बोका र १ हजार च्यांग्रा खरिद गरी काठमाडांै ल्याएर […] The post दसैंका खसीबोका र च्यांग्रा आजबाट काठमाडौं भित्रिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एउटै च्यांग्राको मूल्य आधा लाख

काठमाडौं, असोज १५। दसैंलाई लक्षित गरी काठमाडौंबाट च्यांग्रा ल्याउन मुस्ताङ पुगेका व्यवसायी पशुपति सिलवालले स्थानीय किसानको गोठबाटै किन्दा एउटालाई ४१ हजार रूपैयाँसम्म हाले। डेढ दशकदेखि भेडाच्यांग्राको व्यापारमा लागेका सिलवालले यसपटक ३ सय च्यांग्रा खरिद गरे। उपल्लो मुस्ताङमा किसानको गोठमै पुगेर खरिद गर्दा गत वर्षभन्दा बढी मूल्य तिर्नुपरेको व्यापारी सिलवालले बताए। उनीसँगै मुस्ताङमा पुगेका पुस्कल सिलवालले […]

एउटै च्यांग्राको मूल्य आधा लाख

म्याग्दी । दशैँलाई लक्षित गरी काठमाडौंंबाट च्यांग्रा ल्याउन मुस्ताङ पुगेका व्यवसायी पशुपति सिलवालले स्थानीय किसानको गोठबाटै किन्दा एउटालाई ४१ हजार रूपैयाँसम्म हाले । डेढ दशकदेखि भेडाच्यांग्राको व्यायापारमा लागेका सिलवालले यस पटक ३ सय च्यांग्रा खरिद गरे । उपल्लो मुस्ताङमा किसानको गोठमै पुगेर खरिद गर्दा गत वषभन्दा बढी मूल्य तिर्नुपरेको व्यापारि सिलवालले बताए । उनीसँगै मुस्ताङमा […]

थापाथलीबाट बिक्री हुँदै खाद्यका खसीबोका र च्यांग्रा (तस्बिरहरू)

काठमाडौं । बडादसैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोका तथा च्यांग्राको बिक्री वितरण सुरु भएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्यांग्राको बिक्री वितरण सुरु भएको हो ।  कम्पनीसँग एक हजार खसी, बोका...

सुपथ मूल्य पसल दशैँ तिहारका लागि मात्र किन ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दशैँका लागि खसी, बोका तथा च्यांग्रा खरिद गरी उपत्यकामा ल्याउने तयारी गरेको छ । मासुसँगै संस्थानले दशैँलक्षित अन्य खाद्य सामग्रीको सुपथ पसलसमेत सञ्चालनमा ल्याउने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाका लागि दुई हजार खसी, बोका र एक हजार च्यांग्रा खरिद गरी बिक्रीको […]

च्यांग्रा विक्रीबाट मुस्ताङमा भित्रियो ३५ करोड

म्याग्दी । मुस्ताङबाट यसपालिको दशैं, तिहारमा ३५ करोड मूल्य बराबरको च्यांग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले १० हजार च्यांग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले बताएको छ । केन्द्रका प्रमुख दण्डपाणि सापकोटाले दशैंमा ७ हजार र तिहारका लागि ३ हजार च्यांग्रा निकासी भएको जानकारी दिए । ‘स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्यांग्रा बाहिरिएका छन्,’ उनले भने, ‘कृषकले गोठबाटै प्रतिगोटा ३५ हजारका दरले च्यांग्रा बेचेका छन् ।’  तिब्बतबाट भेडाच्यांग्रा नआएपछि विगतको तुलनामा झण्डै आधा संख्यामा भेडाच्यांग्रा निकासी भएको हो । अघिल्ला वर्षहरूमा २० देखि २५ हजारको संख्यामा भेडाच्यांग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकांश भेडाच्यांग्रा मुस्ताङकै हुन् । व्यापारीहरूले घटाएर विवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताए । पशु चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा १५ शुल्क तिर्नुपर्ने हुन्छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बंगुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरूसँग समन्वय गरेर भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो । कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो संख्यामा च्यांग्रा र थोरै संख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडाच्यांग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरूले उत्पादन गरेका भेडा च्यांग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरूले मूल्य बढाएका छन् । गतवर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरूले बताएका छन् । जोमसोम पुगेर २ सय च्यांग्रा खरिद गरेका काठमाडौंका प्रदीप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा पाँचदेखि १० हजारसम्म बढी तिर्नुपरेको बताए । मुस्ताङका लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्यांग्रा निकासी भएको हो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्यांग्रा बजारमा ल्याएका थिए । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्यांग्राले विशेषगरी गरी लेकाली जडीबुटी खाने भएकाले दशैं, तिहार जस्ता पर्वमा पोसिलो मासुको रूपमा माग बढी हुने गर्दछ । च्यांग्रालाई मासु खान योग्य बनाउन चार देखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्यांग्रापालनको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको व्यवस्था मिलाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रका प्रमुख शर्माले बताए । रासस

मुस्ताङका भेडा च्यांग्राको मूल्यवृद्धि

दसैं नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट विभिन्न जिल्लामा पु¥याउने भेडा च्यांग्रा म्याग्दी आइपुगेका छन् ।उपल्लो मुस्ताङमा पालिएका भेडा च्यांग्राहरु यस वर्ष बिगतमा भन्दा १० हजार रुपैयाँ वृद्धि भएके व्यापारीहरु बताउँछन् । कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि मूल्य धेरै भएपछि दसैंमा थोरै मात्र भेडा, च्याङ्ग्रा व्यापारीले बजारमा ल्याएका छन् । मुस्ताङबाट हिडाएर ल्याइएका भेडा च्यांग्राको […]

खाद्य कम्पनीले दसैंमा तीन हजार खसीबोका ल्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले आगामी दसैंलाई लक्षित गरेर तीन हजार खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको छ । दसैंमा खसीबोकाको खपत बढी भई निजी क्षेत्रबाट मनपरी मूल्य लिएर उपभोक्ता ठगिन सक्ने भन्दै कम्पनीले बजार मूल्य नियन्त्रण गर्नका लागि खसीबोका खरिद गर्न लागेको हो । दसैंका लागि १ हजार ६ सय खसीबोका र १ हजार ४ सय च्यांग्रा ल्याउने तयारी गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । यसका लागि ६ करोड रुपैयाँ छुट्याइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले विगतका वर्षहरुमा दाङ, हेटौंडा, ...