काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिपूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दल लचिलो हुनुको विकल्प नरहेको बताउनुभएको छ ।
सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरूको छलफलका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल निर्णयको नजिक रहेको दाबी पनि गर्नुभयाे । मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको ...