जग्गा वर्गीकरणपछि कारोबार बढ्यो

स्थानीय तहले जग्गा वर्गीकरणको काम धमाधम गर्न थालेपछि जग्गाको कारोबारसमेत बढेको छ । चालू आवको पहिलो ५ महिनाको तुलनामा पछिललो ३ महिना जग्गाको कारोबार बढेको हो । चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्म आउँदा जग्गाको कारोबार संख्या बढ्दै गएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गर्ने क्रम बढेसँगै जग्गाको कारोबार बढेको भूमि व्यवस्थापन तथा अभिलेख […]

सम्बन्धित सामग्री

जग्गा कारोबार बढ्यो, बढेन राजस्व

२ माघ, काठमाडौंं । सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा संशोधन गरे पनि उसैको तथ्यांकले भने कारोबारमा सुधार भएको देखाउँदैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले चालु आर्थिक वर्ष पुस मसान्तसम्म जग्गा कारोबारमा केही सुधार देखिए पनि कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्वमा भने खासै सुधार नभएको देखाउँछ । चालु आर्थिक वर्षको पहिलो […]

पहिलो चौमासिकमा घरजग्गा कारोबार बढ्यो

एक लाख ४० हजार आठ सय ७६ घरजग्गाको लिखत पारित, झन्डै सवा १२ अर्ब रुपैयाँ राजस्व संकलन चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म गत वर्षको यसै अवधिको तुलनामा घरजग्गा कारोबार बढेको छ ।...

चाडपर्वसँगै नक्कली नोटको कारोबार बढ्यो

दमौली– चाडपर्व नजिकिने क्रमसँगै नक्कली नोटको कारोबार बढेको छ । भीडभाड भएको पसलमा यस्ता नोटको कारोबार गर्ने समुह बढ्न थालेका हुन् । तनहुँको व्यास नगरपालिका–१ गल्वुबेसीमा एक युवाले रिचार्ज कार्ड खरिद गरेपछि दिएको एक हजारको नोट शंका लागेर प्रहरीलाई जानकारी गराउँदा नक्कली भएको भेटिएको थियो । पसल सञ्चालकले दिएको हुलियाका आधारमा प्रहरीले नवलपुरको बुलिङटार गाउँपालिका–१ […]

बारामा नक्कली नोटको कारोबार बढ्यो

बारा । बारामा निर्वाचन लक्षित नक्कली नोटको कारोबार हुन थालेको छ । खुल्ला सिमानाका कारण निर्वाचनको बेला बारा र पर्सामा नक्कली नोट भारत बाट नेपाल भित्रने गरेको छ । मंसिर ४ गतेको निर्वाचनको मौका छोपेर मधेशका जिल्लाहरुमा नक्कली नोटको कारोबार बढेको हो । जिल्ला प्रहरी कार्यालय बाराले असोज महिनामै २ पटक सिम्रौणगढ नगरपालिका–५ को एकै […]

धनकुटामा दशैंमा खसी र बोकाकाे कारोबार बढ्यो

धनकुटा । धनकुटामा यो वर्षको दशैंमा खसी र बोकाको कारोबार सन्तोषजनक भएको किसान तथा व्यावसायीहरुले बताएका छन् । गत वर्षहरुमा कोरोनाका कारण दशैंको समयमा खसी र बोका कारोबार खस्किएको भएपनि यो वर्ष भने धनकुटामा कारोबार बढेको व्यावसायी तथा किसानहरुको भनाइ रहेको छ । धनकुटामा दशैंको समयमा कति खसी र बोकाको कारोबार हुन्छ भन्ने यकिन तथ्याङ्ग […]

६ अंकले घट्यो नेप्से, तर कारोबार बढ्यो

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ६ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ६.७२ अंकले घट्दै नेप्से सूचक २१ सय ८६.७६ अंकमा झर्न पुगेको हो । तर, यस दिन सूचक घटेपनि यता कारोबार रकममा भने वृद्धि भएको छ । नेप्सेका अनुसार ६ अंकमाथिले घटेको बजारमा आज ४ अर्बमाथिको कारोबार भएको छ । अघिल्लो दिन २.७६ अंकले घटेको बजारमा ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । आज १३ वटा उपसूचक मध्ये चार वटा बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् । ट्रेडिङ समूहको उपसूचक ३.८१ प्रतिशतल

वीरगन्ज नाकाबाट निर्यात कारोबार बढ्यो

मुलुककै प्रमुख भन्सार नाकामध्येको वीरगन्ज भन्सारबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा आयात निर्यात कारोबार उल्लेख्य बढेको छ । भन्सार कार्यालयका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा २ खर्ब ९० अर्ब ८५ करोड रुपियाँको मालसामान आयात हुँदा यस नाकाबाट ४९ अर्ब ४१ करोड रुपियाँ बराबरको स्वदेशी उत्पादन विदेशमा निकासी भएको छ ।

कर्णाली प्रदेशमा बैंकिङ कारोबार बढ्यो

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कारोबार उच्च दरमा वृद्धि भएको छ । प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेपछि कारोबार बढ्दै गएको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले औंल्याएको छ ।अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७-०७८ को असारसम्ममा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३५.९१ प्रतिशतले […]

‘गुण्डाहरू अहिले नेता बनेर अपराध गरिरहेका छन्’

२०४६ सालपछि आर्थिक कारोबार बढ्यो । उद्योग धन्दा बढे, ठेक्कापट्टा र लेनदेनका गतिविधि बढ्न थाले । क्यासिनो पनि शुरू भयो । आर्थिक कारोबार बढेपछि ऋण उठाइदिने बहानामा गुण्डागर्दी शुरू भएको हो । त्यतिवेलाका यस्ता गतिविधिमा संलग्नहरू अहिले कोही सांसद बनेका छन्, कोही व्यापारी र ठेकेदार छन् । पोखरा, भैरहवा, विराटनगर जस्ता शहरैपिच्छे फरकफरक समूहमा त्यस्ता […]

दशैँ नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

असोज ९, धरान । कोरोना संक्रमणका कारण दोस्रो चरणको लकडाउनमा बन्द भएको धरान स्थित कृषि उपज बजार स्थलको पशु बजार शुक्रवारबाट खुला गरिएको छ । संक्रमणको जोखिम कायमै रहेपनि दशैँ तिहार नजिकिदै गएपछि सर्वपक्षीय छलफलबाट कृषि बजारको पशु बजार खुला गरिएको हो । खुला गरिएकै दिन कृषि बजारमा खसी बोकाको कारोबार उल्लेख्य रुपमा भएको छ । दशैँको खर्च जोहो गर्ने कृषकहरुले बजार खुल्ला भएको थाहा पाएलगत्तै कोशी पहाडी जिल्लाबाट कृषकहरुले खसी बोका विक्रीका लागि बजार ल्याएका थिए । बजारमा भारतीय व्यापारीहरु आएका छन् ।  पूर्वी पहाडी क्षेत्र तथा सुनसरी र मोरङका कृषकहरुले खसी बोका विक्रीका लागि कृषि बजार नै ल्याउने गरेका छन् । लामो समयदेखि भएको बन्दका कारण दशैँलाई लक्षित गरेर पालिएका खसी बोका विक्री नहुने र चाडपर्व मनाउन नपाइएला भन्ने त्रास उनीहरुमा थियो । तर बजार खुलेसँगै उनीहरु उत्साहित बनेका छन् ।  धनकुटा डाँडाबजारकी विमला राई भन्छिन्, ‘कोरोनाकै कारण यस पटकको दशैँ खल्लो हुने हो कि भन्ने डर थियो, तर अब भने ढुक्क छु, यही खसी बोका पालेर दशैँ मनाउने विचार थियो, त्यो पूरा भयो ।’ उनले ५ ओटा खसी बोका विक्री गर्दा करीब १ लाख रुपैयाँ हातमा समाइन् । मेहनत गरेर चाडपर्वलाई लक्षित गरी पालिएको खसीबोका विक्री गर्न नपाएको भए दशैँ पनि राम्ररी मनाउन नपाइने उनी सुनाउँछिन् । यता व्यापारी पनि दशैका मुखमा आएर खसी बोकाको कारोबार गर्न पाएकोमा खुशी भएका छन् । झापा चन्द्रगढीका चन्द्र खड्काले कृषि बजारको पशु बजार खुल्यो नत्र दशै मनाउन नपाईला जस्तो लागेको बताए ।  धरान १३ कृषि उपज बजारका अनुसार बजार खुला भएको पहिलो शुक्रवार नै खसीबोकाको उल्लेख्य कारोबार भएको जानकारी दिएको छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार बजार खुलेको पहिलो शुक्रवार नै १ करोड ६५ लाख बराबरको १५ हजार ७ ओटा खसीबोकाको कारोबार भएको बताए । उनले यो शुक्रवार जिउँदो खसी प्रतिकेजी ५५० रुपैयाँ प्रतिकेजी विक्री भएको बताए । अरु बेला मासिक ६ करोड बराबरको कारोबार हुने यो बजारमा कोरोना संंक्रमणले कारोबार नै प्रभावित बनाएको बताए । उनले भने, ‘विगतको वर्ष जस्तै यो वर्ष पनि कोरोनाकै कारण खसीबोकाको कारोबार प्रभावित बन्ने हो भन्ने डर थियो, तर कोरोना जोखिम केही सहज भएपछि हामीले पशु बजार खोलेका हौ, यो बजार खुलेपछि कृषक तथा व्यापारी सबैभन्दा बढी लाभान्वित भए ।’