६ अंकले घट्यो नेप्से, तर कारोबार बढ्यो

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ६ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ६.७२ अंकले घट्दै नेप्से सूचक २१ सय ८६.७६ अंकमा झर्न पुगेको हो । तर, यस दिन सूचक घटेपनि यता कारोबार रकममा भने वृद्धि भएको छ । नेप्सेका अनुसार ६ अंकमाथिले घटेको बजारमा आज ४ अर्बमाथिको कारोबार भएको छ । अघिल्लो दिन २.७६ अंकले घटेको बजारमा ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । आज १३ वटा उपसूचक मध्ये चार वटा बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् । ट्रेडिङ समूहको उपसूचक ३.८१ प्रतिशतल