पल शाहविरुद्ध बलात्कार मुद्दा दायर, अभियोग पुष्टि भए १४ वर्षसम्मको जेल सजाय

काठमाडौं, ८ चैत्र । अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ । आज तनहुँ जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दर्ता भएको हो । शाहविरुद्ध १६ वर्षीया किशोरीमाथि बलात्कारको उजूरी परेको थियो । किशोरीका आफन्तले प्रहरीलाई जाहेरी दिएपछि २४ दिन हिरासतमा राखी अनुसन्धान पश्चात् उनीविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो । सरकारी वकिल कार्यालय […]

सम्बन्धित सामग्री

क्रिप्टोकरेन्सी कारोबार अभियोगमा ४२ करोड मागदाबीसहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागले अभौतिक मुद्रा (यूएसडीटी क्वाइन) अर्थात् क्रिप्टोकरेन्सी कारोबार अभियोगमा करिब ४२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय मागदाबीसहित दुई जना विरुद्ध बिहीबार मुद्दा दायर गरेको छ ।

क्यापिटल हिलमा हिंसा : पूर्व प्रहरी अधिकारीलाई १० वर्षको जेल सजाय

जनवरी ६, २०२१ मा अमेरिकाको को क्यापिटल हिल भएको हिंसात्मक प्रदर्शनमा प्रहरी अधिकारीहरूमाथि आक्रमण गर्ने एक न्युयोर्क सहरका पूर्व प्रहरी अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।५६ वर्षीय थोमस वेब्सटरलाई गत मेमा विभिन्न आरोपहरूमा दोषी ठहर गरिएको थियो । जसमा प्रहरीमाथि दुर्व्यवहार र हिंसात्मक गतिविधिलगायत रहेका छन् । सो दिन भएको प्रदर्शनमा ८५० जनाभन्दा बढीविरुद्ध मुद्दा दायर गरिएको छ । सो घटनामा यति लामो सजाय सुनाइने वेब्सटर पहिलो व्यक्ति हुन् ।वेब्सटरले आत्मरक्षाका लागि फलामको झण्डाले प्रहरीमाथि

सुकीलाई थप पाँच वर्षको जेल सजाय

सेनाले शासन गरिरहेको म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको छ । सन् २०२१ फेब्रुअरीमा सेनाले देशको सत्ता हातमा लिएदेखि उनी घरमा नजरबन्द छिन् । सेनाले सुकीविरुद्ध श्रृंखलावद्ध बन्द सुनुवाई गरिरहेको छ । म्यानमारको सैन्य सरकारले ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीविरुद्ध कैयौं आपराधिक मुद्दा दायर गरेको छ, जुन सबैलाई सुकीले खण्डन गरेकी छन् । मानव अधिकारवादी समूहले सुकीमाथि चलाइएका अदालती कारवाहीलाई नाटकको संज्ञा दिएको

तनहुँमा पलविरुद्ध जुटेको अतिरिक्त प्रमाण : म्यानेजर जोशीको स्वीकारी बयान

८ चैत, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत, नवलपरासी पूर्वमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको पाँच दिनपछि मंगलबार तनहुँमा पनि उस्तै सजाय मागदाबीसहित अर्को मुद्दा दर्ता भएको छ । नवलपरासी पूर्वमा जस्तै शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँले अधिकतम १२ देखि १४ वर्ष जेल सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको हो । मंगलबार […]

पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलत्कारको मुद्दा, १४ वर्षसम्मको जेल सजाय माग

३ चैत, काठमाडौं । अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा दायर भएको छ । नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । अभियोगपत्रमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार […]

शिल्पा र राज कुन्द्राले शेर्लिन चोपडाविरुद्ध दायर गरे ५० करोडको मानहानी मुद्धा

एजेन्सी । पोर्नोग्राफी केशमा दुई महिना जेल सजाय भोगेका व्यापारी राज कुन्द्रा र अभिनेत्री शिल्पा शेट्टीले अभिनेत्री शर्लिन चोपडाविरुद्ध ५० करोड भारु को मानहानी मुद्दा दायर गरेका छन् ।

कुलमानलाई हुन सक्छ ५ वर्षसम्म जेल सजाय, यस्तो छ कानुन

बढाएको पोल भाडा तिर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अस्वीकार गरेपछि विद्युत् प्राधिकण ‘एग्रेसिभ’ देखिएको छ । शनिबारबाट प्राधिकरणले धमाधम इन्टरनेटको तार काट्न सुरु गरेको छ ।भरतपुर, विराटनगर, बुटवल, धनकुटालगायत विभिन्न स्थानमा इन्टरनेट सेवा नै अवरुद्ध भएको छ । जसका कारण विद्युत प्राधिकरण र दूरसञ्चार प्राधिकरणबीच विवाद चर्केको छ । यसअघि पनि यी २ प्राधिकरणबीच विवाद चुलिएको थियो ।दूरसञ्चार प्राधिकरणले छलफलका लागि बोलाउँदा पनि प्राधिकरणबाट कुलमान घिसिङले प्रतिनिधि पठाएका थिएनन् । दूरसञ्चार प्राधिकरण के भन्छ ?दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेरै इन्टरनेटको तार काट्ने काम गलत भएको भन्दै यो काम दूरसञ्चार ऐन २०५३ विपरीत भएको जनाएको छ । ‘दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ,’ दूरसञ्चार प्राधिकरणले शनिबार जारी गरेको सूचनामा भनिएको छ, ‘राज्यको अति आवश्यक सेवाको अवरुद्ध गर्ने जोकोहीलाई कानूनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षागर्न सम्बन्धित सबैलाई अनुरोध छ ।’ के छ कानुन ?दूरसञ्चार ऐन २०५३ को दफा ४७ मा दूरसञ्चार सम्बन्धि पूर्वाधारमा अवरोध गरे दण्ड र जरिवाना हुने व्यवस्था छ । ऐनको दफा ४७ को उपदफा ५ मा ‘कुनै व्यक्तिले बदनियतसाथ दूरसञ्चार लाइन, दूरसञ्चार प्रणाली वा सोसँग सम्बन्धित अन्य कुनै संरचना वा उपकरणमा प्रतिकूल असर पर्ने गरी कुनै काम गरेमा, बिगारेमा वा कुनै किसिमले हानी नोक्सानी पुर्याएमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ’ भनिएको छ ।यति मात्रै नभई दूरसञ्चार कम्पनीलाई दूरसञ्चार ऐनले नै सार्वजनिक सम्पत्ति प्रयोगको अनुमति दिएको छ । यसअघिःतार काट्नलाई कुलमान आक्रामक किन ? जानकार भन्छन्, ‘झन्डै २ अर्बको सवाल जो छ’‘अनुमतिपत्र प्राप्त व्यक्ति वा निजको प्रतिनिधिले कुनै सार्वजनिक वा निजी जग्गामा वा त्यस्तो जग्गामाथि दूरसंचार लाइन जडान गर्न वा राख्न र रेखदेख गर्न सक्नेछ,’ दूरसञ्चार ऐनको दफा ३६ मा भनिएको छ, ‘त्यसको प्रयोजनको लागि पोल वा लठ्ठा गाड्न, त्यस्तो जग्गामा भएको रुखमा कुनै कुरा अड्याउने वस्तु वा टेवा राख्न वा कुनै रुखले दूरसञ्चार लाइनलाई बाधा पुग्ने, हानी नोक्सानी हुने वा अवरोध गर्ने भएमा त्यस्तो रुख काट्न समेत सक्नेछ ।’के भन्छन् विज्ञ ?दूरसञ्चार कानुनका जानकारहरु पोलको भाडादर तय गर्नु विद्युत प्राधिकरणको एकलौटी अधिकार हो वा होइन भन्ने विषय बहसको विषय भएको बताउँछन् । ‘प्राधिकरणले राखेका पोलहरु सडकको क्षेत्राधिकार भएको जग्गामा पनि पर्छन, भोलि सडक विभागले आफुखुशी भाडा तय गर्यो भने कुलमान तिर्छन् कि तिर्दैनन् ?’ एकजना विज्ञ भन्छन्, ‘त्यतिबेला विद्युत प्राधिकरणले तय गरेको पोलको भाडाको हैसियत के हुन्छ ?’उनले नाम उल्लेख नगर्ने सर्तमा कुलमान घिसिङको नाम नलिई इन्टरनेटको तार काटेको घटनामा ‘प्राधिकरण नेतृत्व’ (कुलमान) लाई दूरसञ्चार ऐन २०५३ को दफा ४७ (५) को आकर्षित हुने र सोही व्यवस्था अनुसार कारबाही गर्नुपर्ने बताएका छन् ।सेवा प्रदायक अदालतमाइन्टरनेट सेवा प्रदायक कम्पनीहरु कस.ुलमान विरुद्द अदालत गएका छन् । विद्युत् प्राधिकरणले सार्वजनिक सूचना निकालेर असोज १५ गतेसम्म पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्ने चेतावनी दिएपछि इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले सर्वोच्च अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।

कर छलिको आरोपमा एलेक्स सान्चेजलाई १६ महिनाको जेल सजाय

कर छलीको आरोपमा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर एलेक्स सान्चेजलाई स्पेनको अदालतले १६ महिनाको जेल सजाय तोकेको छ। सान्चेजले आफ्नो इमेज राइटबाट भएको कमाईको कर नतिरेको आरोप छ । उनीमाथि सन् २०१६ मा कर छलीको आरोपमा मुद्दा दायर भएको थियो । सान्चेजमाथि सन् २०१२ देखि २०१३ सम्म बार्सिलोनामा रहँदा झण्डै १० लाख युरो वा ९ लाख पाउण्ड कर…

सन्नी लियोनविरूद्ध छोरीको विषयमा मुद्दा दर्ता, जेल सजाय हुनसक्ने !

आमा बनेको एक महिना पूरा नहुँदै बलिउड अभिनेत्री सन्नी लियोनविरुद्ध मुद्दा दायर भएको छ। राष्ट्रिय बाल संरक्षण आयोगले उनकी छोरी निसाको मामिलामा उनीविरूद्ध मुद्दा दायर गरेको हो। गत जुलाई महिनाको अन्त्यमा सन्नी र उनका पति ड्यानिल वेबरले एक २१ महिने बालिका धर्मपुत्री बनाएका थिए। भारतको ‘केन्द्रीय दत्तक ग्रहण संसाधन प्राधिकरण (कारा)’ ले बच्चा लिने कानुनी…