सेनाले शासन गरिरहेको म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको छ । सन् २०२१ फेब्रुअरीमा सेनाले देशको सत्ता हातमा लिएदेखि उनी घरमा नजरबन्द छिन् । सेनाले सुकीविरुद्ध श्रृंखलावद्ध बन्द सुनुवाई गरिरहेको छ । म्यानमारको सैन्य सरकारले ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीविरुद्ध कैयौं आपराधिक मुद्दा दायर गरेको छ, जुन सबैलाई सुकीले खण्डन गरेकी छन् । मानव अधिकारवादी समूहले सुकीमाथि चलाइएका अदालती कारवाहीलाई नाटकको संज्ञा दिएको