अरुण तेस्रो जलविद्युत आयोजना प्रभावितले घरबार विहीन बनाउने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन् । जानकारी नै नदिई जग्गाको मूल्यांकन गरेको, जग्गाको वस्तुगत आधारमा पहिचान नगरी चलन–चल्तीको मुल्यभन्दा कम निर्धारण गरेको लगायतका विषयप्रति चित्त नबुझेको उनीहरुले भनेका छन् ।