नेपाल विद्युत प्राधिकरणले अरुण चौथो जलविद्युत आयोजना बनाउने जिम्मेवारी भारतलाई दिएपछि नेकपा एमालेका नेता भिम रावलले प्रश्न उठाएका छन् । उनले आज विनियोजन विधेयकको दोस्रो छलफल सभामा बोल्दै अरुण चौथोमाथि भएको निर्णयबारे प्रश्न गरेका हुन् ।उनले भने, ‘नेपाल सरकारले अरुण चौथोको निर्माण गर्न विद्युत प्राधिकरणलाई जिम्मेवारी दिएको थियो । र, प्राधिकरणले भारत सरकारलाई सेयर बिक्री गर्ने निर्णय गरेको छ ।’ यसमा सरकारको कुनै औपचारिक निर्णय विना कसरी काम भए/नभएको बारे उनले जानकारी समेत मागेका छन् ।&