संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् ।
उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै एमसीसी कुनै सैन्य परियोजना नभएको पनि प्रस्ट पारे ।
‘नेपालको भौतिक विकासका लागि नै हो, जलविद्युत्को ट्रान्समिसन र सडक विस्तारका लागि नै परियोजना आएको हो,’ उनले थपे, ‘यसको रकम हामीले तिर्नुपर्ने छैन, अनुदान हो । नेपालीले यसको सदुपयोग गर्नुपर्दछ, त्यसैले यो अघि बढ्नुपर्छ ।’
संसदबाट एमसीसी पास गर्न दल सहमत हुने विश्वास समे...