यतिबेला वसन्तकालीन हिमाल आरोहण चलिरहेको छ । आरोही कोही हिमालतिर लम्किरहेका छन्, कोही शिखरबाट फर्किरहेका छन् । सर्वाधिक आरोहण हुने सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा व्यापक चहलपहल छ । सगरमाथा आधारशिविरमा देशी–विदेशी आरोही, पथप्रदर्शक, भरियादेखि भान्सेसम्मको भीड छ । हिमाल आरोहणबाट राज्यले मनग्य राजस्व संकलन गरिरहेको छ, यसबाट स्थानीयस्तरमा व्यवसाय र रोजगारी प्रवर्द्धनमा पनि टेवा पुगिरहेको छ ।