सेना सम्मिलित टोलीले शनिबारदेखि ६ वटा हिमाल सफाइ गर्ने

काठमाडौं । ‘सफा हिमाल अभियान २०२१’ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका चारवटा टोलीले मौसम प्रतिकुल रहेमा शनिबारदेखि फोहोर संकलन थाल्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम हिमालको सफाइ गर्ने उद्देश्यका साथ नेपाली सेनाको समन्वयमा अभियान सञ्चालन गरिएको हो । सफाइ अभियानमा खटिएको टोली बिहीबार नै सम्बन्धित आधार शिविरमा पुगेको निर्देशनालयले जनाएको छ ।निर्देशनालयका अनुसार ती टोलीले स्थानीय संस्कारअनुसार पूजाआजा

सम्बन्धित सामग्री

हिमालबाट ३५ टन फोहोर संकलन गरिने

यस वर्षको हिमाल सफाइ अभियान सुरु भएको छ । नेपाली सेना र विभिन्न संघसंस्थाको सहकार्यमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले ‘सफा हिमाल अभियान २०२३’ को थालनी भएको हो । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सफाइ अभियानका लागि झण्डा वितरण गरेर हिमाल सफाइ अभियानको सुरुवात गरेका छन् । प्रधान सेनापति शर्माले हिमाल सफा […]

१२ करोड खर्चेर हिमालबाट ३५ टन फोहोर उठाउँदैछ सेना

सगरमाथाबाट मात्रै १४, कञ्चनजंघाबाट १०, ल्होत्सेबाट ६ र मनासलुबाट ५ गरी ३५ टन फोहोर संकलन गर्ने लक्ष्य सेनाको छ । अधिकारीका अनुसार तीमध्ये १३ टन आधार शिविरभन्दा माथिको क्षेत्रबाट संकलन गरिनेछन् भने २२ टन बेस क्याम्प वरपरको फोहोरहरु हुनेछन् ।

कोकाकोला र नेपाली सेनाको हिमाल सफाइ अभियानको प्रगति ५० प्रतिशत

काठमाडौं (अस) । नेपाली सेनाको संयोजनमा सरकारले सुरु गरेको हिमाल सफाइ अभियान २०२१ कार्यक्रमले माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र अमादब्लामलगायत ६ वटा हिमालयबाट फोहोर संकलनको आधा काम पूरा गरेको छ । यो अभियानमा पेय पदार्थ ब्रान्ड कोकाकोलाको सहभागिता छ । यो टोलीमा अनुभवी शेर्पा सदस्य र नेपाली सेना गरी ११२ जना सदस्य रहेका छन् । २०२१ अप्रिल १३ मा सुरु भएको अभियानअन्तर्गत हालसम्म ६ वटा हिमालयबाट २१,१६७ किलोग्राम फोहोर संकलन गरिएको नेपाली सेनाले जनाएको छ । टोलीले संकलन गरेको फोहोमा खारेज गरिएको अक्सिजन ट्यांक, परित्याग गरिएका टेन्ट, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, आल्मुनियम, इलेक्ट्रानिक फोहोर समावेश छन् । यसबाहेक पहिला दुर्घटना भएको ९एन–एसीआर नम्बरको हेलिकप्टर र दुई विभिन्न ठाउँबाट पर्वतारोहण गियरसहित दुई मानव अवशेष पनि धौलागिरि टोलीले फेला पारेको छ । मृतकको पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धान सुरु गरिएको सेनाले बताएको छ । हिमाल सफाइ अभियान २०७८ का मिडिया को–अर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दीपक भण्डारीका अनुसार ६ वटा हिमाल सफा गर्ने उदेश्यले अभियानमा खटाइएको टोलीले स्थानीय सरकारसँगको  समन्वयमा रहेर फोहोर संकलन गरिरहेको छ । अभियानको लक्ष्य भनेको प्रकृति र वातावरण संरक्षण गरेर ६ वटा हिमाल सफा गरी जलवायु परिवर्तनको प्रभावलाई कम गर्नु रहेको भण्डारीले जानकारी दिए । फोहोर संकलन सम्पन्न भएपछि संकलित फोहोर थप रिसाइक्लिङका लागि सम्बन्धित कम्पनीलाई हस्तान्तरण गरिने नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले बताए ।

सगरमाथासहित ६ हिमाल सफा गर्दै सेना

नेपाली सेनाको नेतृत्वमा ६ वटा हिमालको सफाइ गरिने भएको छ । सरकारको ‘सफा हिमाल अभियान’ अन्तर्गत सेनाले पहिलोपटक एकसाथ ६ वटा हिमाल सफाइको नेतृत्व लिएको हो । अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमाल सफाइ गरिनेछ । त्यसका लागि सेनाको टोली राजधानीबाट हिँडिसकेको छ ।

हिमाल सफाइ (सम्पादकीय)

नेपाली सेना संविधानप्रदत्त आफ्नो मूल कर्तव्यका अतिरिक्त राज्यले सुम्पेका विभिन्न जिम्मेवारी निर्वाहमा सक्रिय छ । विकास निर्माणका कार्यसहित वातावरण संरक्षण, प्रकृति प्रकोपमा उद्धार, जनस्वास्थ्य, हिमाल सफाइलगायत सामाजिक कार्यमा सेनाले समय समयमा अभियान सञ्चालन गर्ने गरेको छ । यस वर्ष नेपाली सेनाले विभिन्न छ वटा हिमालको सफाइ गर्ने भएको छ । यस क्रममा ती हिमालमा थुप्रिएको करिब ३५ टन फोहोर सङ्कलन गरी त्यसको उचित व्यवस्थापन गरिनेछ । चैत ३१ देखि सुरु गरिने सरसफाइ अभियानले एकातिर हिमाली क्षेत्रमा थुप्रिएको फोहोरले गरिरहेको वातावरण विनास रोक्न सघाउनेछ भने अर्कोतिर हिमालको सौन्दर्यमा आउनसक्ने विकर्षण हटाउनेछ । अभियानले त्यस क्षेत्रको प्रदूषण न्यूनीकरण, विश्वव्यापी तापक्रम नियन्त्रण, पर्वतीय क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधारमा पनि विशेष सहयोग गर्नेछ ।