रौतहट : मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक कार्बाइड प्रयोग गरेर पकाइएको आँंप रौतहटसहित तराईका स्थानीय बजारमा बिक्री वितरण भइरहेको छ।भारतका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाइएका आंँप तराईका विभिन्न जिल्लाका शहर बजारमा बिक्रीका लागि धमाधम ल्याउन थालिएको हो। यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खरिद नगर्न तथा खानसमेत नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्।चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा बिक्रीका लागि विष