युरोपेली संसद्ले रुसलाई ‘आतंकवादको प्रायोजक राज्य’ घोषणा गरेको छ । घोषणामा संसद्ले युक्रेनमा मस्कोको ‘जानाजान गरेको आक्रमण र अत्याचार’ मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको भनेको छ । बुधवार युरोपेली संसद्मा पेस गरिएको यस सम्बन्धी प्रस्तावमा ४९४ विधायकले पक्षमा मतदान गरेका थिए भने ५८ले विपक्षमा मतदान गरे । ४४ जना मतदानमा अनुपस्थित भएका थिए । प्रस्तावमा भनिएको छ : ‘रुसी संघद्वारा युक्रेनविरुद्ध जानीजानी गरिएको आक्रमण र अत्याचार, नागरिक पूर्वा