जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउँदै ललितपुर महानगर

५ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउने भएको छ । ललितपुर महानगरपालिका-४ मा रहेको जावालाखेलस्थित चिडियाघरको उत्तरपश्चिम तर्फको भागमा शौचालय निर्माण गरिने महानगरले जनाएको छ । सो क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि शुक्रबार एरोसान सस्टेनेबल स्यानिटेसन प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरप्रमुख चिरिबाबु महर्जन र एरोसानका अध्यक्ष […]