पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा

नेपालगञ्ज-कोरोना महामारीका कारण बाँके र बर्दियामा सुस्ताएको पर्यटन व्यवसाय चलायमान बनाउन तीन दिने ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा आयोजना गरिएको छ । साइकल पर्यटनमार्फत देश विदेशका पर्यटकहरुलाई यहाँका मुख्य धार्मिक तथा पर्यटकीय गन्तब्यहरुको भ्रमण गराउने उद्देश्यले साइकल यात्रा सुरु भएको हो ।नेपालगन्जबाट सुरु भएको यात्रा विभिन्न स्थान हुँदै बाँसगढी नगरपालिकामा रहेको प्रसिद्ध ॐ केदारेश्वर धाममा […]

सम्बन्धित सामग्री

पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने तयारी

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुदूरपश्चिम पर्यटन साइकल यात्रा’ हुने भएको छ ।प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यनामा पुस ३, ४ र ५ गते सो साइकल यात्रा हुने भएको हो । सुदूरपश्चिमको नेचर, कल्चर र एड्भेन्चरलाई प्रोमोट गर्न आयोजना गरिने यात्राको तयारी मन्त्रालयअन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा हुने

२४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निजी क्षेत्रसँगको समन्वयमा पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने भएको छ । ‘सुदूरपश्चिम साइकल यात्रा २०७८’ नाम दिएर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा अगामी पुष पहिलो साता साइकल यात्रा हुने भएको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]

‘तालदेखि तालसम्म साइकल ट्रयाक’ बनाउँदै पोखरा महानगर

पोखरा लेकसाइडका धर्म बहादुर लामिछाने साइकल चढ्न थालेको ४० वर्ष भयो आफू १२ वर्षको हुँदादेखि साइकल चलाउन मन पराउने लामिछानेको साइक्लिङ मोह उमेरसगै बढदै गैरहेको छ । उहाँ हरेकदिन साइक्लिङका गर्नुहुन्छ । साइकल यात्रामा उहाँ सँगै थुप्रै पोख्र्ली युवाको टिम छ । शनिबार १२ घण्टा र अन्य बार ३ घण्टा दैनिकी जस्तै बनेको छ । पोखराको मुख्य सहरी भागमा भन्दा डाँडाकाँडामा साइक्लिङ गर्न मन पराउने उहाँ बेगनासताल रुपाताल, भदौरे तमादि, पञ्चासे काडे, कालिका स्थान धेरै पटक पुगीसकेको बताउनुहुन्छ । पोखरा आसपासका सबै ठाँउहरु साइकल यात्रा गरिसक्नु भएका लामिछाने यहि कात्तिक १९ गते १८ जनाको समूहसहित मनाङ तिलिचोतालको यात्रामा निस्किने जानकारी दिनुभयो । “मेरो संयोजकत्वमा १८ जनको टिम तिलिचोताल जादैछौ, आन्तरिक पर्यटन प्रवद्र्धनका लागी पोखरा ‘माउन्टेन बाइक एडभेन्चर ,को आयोजनामा “कोभिड १९ च्यालेन्ज २०२० साइकल टुर ”जान लागेको हौ,। उहाँले भन्नुभयो । “आन्तरिक पर्यटनका लागी साइकल यात्रा पनि गर्न सकिन्छ र यसले पनि डाँडाकाडाँमा व्यसाय गर्नेलाइ पनि सहयोग पुग्छ भन्ने सन्देश दिन खोजिएको हो,। लामिछानेले थपनु भयो । पोखरा लेकसाइडका स्थानियवासी लामिछाने उमेरले ५० कटिसकेको भए पनि ४० भन्दा कम उमेरको देखिनुहुन्छ । ५ वर्षदेखि साइक्लिङ गर्दै आउनु भएकि पोखरा ७ की दुर्गा अधिकारी साइकलिङ आफ्नो स्वाथ्यका लागी वरदान भएको बताउनुहुन्छ । “फिजीकल एक्सरसाइज, सुगर प्रेशर लाग्नबाट बचाउछ, छिटो रोगले आक्रमण गर्न सक्दैन् ।” पेशाले संचारकर्मि रहनु भएकी अधिकारी टिम सँगै साइकल यात्रामा तिलिचोताल पुग्ने आँट गरेको बताउनु हुन्छ । “पोखरामा पोखरेली मात्र नभएर विदेशी पर्यटक पनि साइक्लिङमा रमाएको भेटिन्छन् । फेवातालका किनार हुँदै पामे, खपौँदी, र डाडाकाडाँमा पनि पर्यटक भेटिने गर्छन् । पोखरामा साइक्लिङ कल्चर बढिरहेको अधिकारी बताउनुहुन्छ ।

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न साइकल यात्रा

मकवानपुरको पूर्वी क्षेत्रस्थित बाग्मती गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि भन्दै मकवानपुरे साइकलयात्रीहरू एकजुट भएका छन् । उनीहरूले देशका प्रमुख सहरका राइडर्सहरूको सहभागितामा दुईदिने साइकल यात्रासमेत गरेका छन् ।