मकवानपुरको पूर्वी क्षेत्रस्थित बाग्मती गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि भन्दै मकवानपुरे साइकलयात्रीहरू एकजुट भएका छन् ।
उनीहरूले देशका प्रमुख सहरका राइडर्सहरूको सहभागितामा दुईदिने साइकल यात्रासमेत गरेका छन् ।
गोदावरी (कैलाली), १४ चैत । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको भएको हो । खप्तड क्षेत्रमा साइकल यात्राका लागि […]
दोलखा कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका युवा अभियन्ता अभिनय कार्कीले बिहीबारबाट सयदिने साइकल यात्रा शुरु गरेका छन् । देशको ७७ जिल्लामा पुगेर दोलखाको पर्यटन प्रवद्र्धन गर्ने तथा लागू औषधसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया गर्ने उद्देश्यले उनले यात्रा गरेका हुन् ।
सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ शनिबारदेखि सुरु भएको छ । साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमकाबीच उदघाटन गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुदूरपश्चिम पर्यटन साइकल यात्रा’ हुने भएको छ ।प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यनामा पुस ३, ४ र ५ गते सो साइकल यात्रा हुने भएको हो । सुदूरपश्चिमको नेचर, कल्चर र एड्भेन्चरलाई प्रोमोट गर्न आयोजना गरिने यात्राको तयारी मन्त्रालयअन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]
काठमाडौं (अस) । आन्तरिक पर्यटन प्रवद्र्धन, स्वस्थ जीवन, स्वच्छ वातावरण नारासहित पब्लिक को–अपरेटिभ लिमिटेडले स्थापनाको २५ औं वर्ष प्रवेश अवसरमा साइकल यात्रा सम्पन्न गरेको छ । १८ महिलासहित १२३ साइकल यात्री रहेको यात्रा धोबीघाट, ललितपुरदेखि कुपण्डोल, मंगलबजार, लगनखेल, जाउलाखेल, चोभार, पाँगा, कीर्तिपुर, टौदह हुँदै फर्पिङ ड्याम पुगेर सम्पन्न भएको थियो ।
साइकल र्याली उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरेकी थिइन् भने समापन दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत तथा उप–प्रमुख वसन्ती डंगोल तामाङले गरेका थिए । कार्यक्रममा जिल्ला प्रशासनका सहायक जिल्ला अधिकारी हरिप्रसाद पन्त, ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोजबहादुर न्याछ्यों, बहुउद्दश्यीय सहकारी संघका माधव तिमिल्सिना, विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधि, संस्थाका कर्मचारीलगायत सहभागी थिए ।
वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकल यात्रा शुरु गरिएको छ । शनिबार मकवानपुरगढीमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्व साइकलयात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर सा...
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने उद्देश्यले मकवानपुरगढीदेखि सिन्धुलीगढीसम्म शनिबारदेखि साइकल यात्रा सुरु गरिएको छ ।